कैयौँ प्रहारले गाल्न नसकेको वन्दनीय चट्टानी नारी ! –१
- श्रावण १, २०८३
चीन, संरा अमेरिका र युरोपको दुईपक्षीय सम्बन्ध जस्तोसुकै भएपनि यी तीन मुख्य शक्तिहरूले अन्तर्राष्ट्रिय व्यवस्थामा बहुपक्षीय प्रभावलाई नै बलियो बनाउने र नेतृत्व गर्ने निश्चित छ । त्रिपक्षीय सम्बन्ध गतिशिल, प्रतिस्पर्धी हुनुका साथै सहकार्य पनि अगाडि बढ्नेछ । दीर्घकालीन दृष्टिकोणले हेर्ने हो भने सम्बन्धमा जटिलता र विषम खेलहरू देखापर्न सक्छन् । चीनको उदय र विश्वमा चीनको बढ्दो प्रभावसँगै संरा अमेरिका र युरोपेली सङ्घले चीनको हकमा आफ्ना नीतिहरूलाई बदल्ने र पुनः समायोजन गर्ने काम निरन्तर गरिरहेको छ । त्यति मात्र होइन चीनविरुद्ध संरा अमेरिका र युरोपेली सङ्घले वार्तालाई सघन र बलियो बनाउने, नीतिगत सहकार्य नियमित गरिरहेको छ । तसर्थ, आज विश्वले त्रिपक्षीय सम्बन्धको भविष्यतिर चासो देखाइरहेको छ ।
चीन, संरा अमेरिका र युरोपेली सङ्घबीचको त्रिपक्षीय सम्बन्धको पुनःगठन र पुनः समायोजनमा चीनको उदयले भूमिका खेलेको सत्य हो । २१ औँ शताब्दीको सुरुआत अर्थात् शीतयुद्धको अन्त्य यता अन्तर्राष्ट्रिय ढाँचाको पुनःसमायोजनमा प्रभाव पार्ने प्रमुख कारण बन्यो चीनको उदय । अहिलेको विश्व व्यवस्थाका संस्थापक र नेतृत्वकर्ता देशहरू संरा अमेरिका र युरोपेली सङ्घ चीनको उदय, अन्तर्राष्ट्रिय व्यवस्थामा पर्न सक्ने चीनको प्रभाव र चीनको चासोका क्षेत्रहरू देखेर चिन्तित बने । त्यसकारण, अहिलेको विश्व व्यवस्था कायम राख्न संरा अमेरिका र युरोपेली सङ्घले आफू अनुकूलका साझा स्वार्थहरू साटे, एक अर्काको साझेदार बने । उनीहरूको निम्ति नसुल्झिएको ठूलो प्रश्न बन्दै गयो, चीन । संरा अमेरिका र युरोपले चीन प्रतिकूल नीतिहरू बदल्ने कार्य जारी राखे ।
सन् १९९० को दशकमा संरा अमेरिका र युरोपले चीन नीतिमा समायोजन ग¥यो । सन् १९९५ मा त युरोपेली सङ्घले पहिलो पटक चीन नीतिको पाण्डुलिपी सार्वजनिक ग¥यो । ‘युरोप–चीन सम्बन्धहरूमा दीर्घकालीन नीति’ नामको नीति समायोजनले दीर्घकालमा चीनसँग वार्ता र सहकार्य विस्तार गर्ने लक्ष्य लियो । त्यो चीन नीतिको आधारभूत पक्ष ‘आर्थिक प्रभाव’ थियो । सम्पर्कको माध्यमबाट विद्यमान अन्तर्राष्ट्रिय तौरतरिकाबाट चीनलाई बाँध्ने अर्थात् नियन्त्रणमा लिने उद्देश्य युरोपेली सङ्घको थियो ।
संरा अमेरिकाको चीन नीतिले चीनमाथि वास्तविक शक्ति राजनीति, प्रभुत्वको नीति लाद्न खोज्यो । संरा अमेरिकी स्वार्थमा चीनलाई तान्न खोज्नु, चीनलाई आफ्नो मातहतमा ल्याउने हरसम्भव प्रयास गर्नु, चीनमा आफ्नो प्रभाव जमाई चीनलाई नै बदल्न खोज्नु संरा अमेरिकाको चीन नीति थियो । त्यसकारण संरा अमेरिकाले चीनलाई दबाउन एकपछि अर्को, धेरै–धेरै उपायहरू अपनायो । उदाहरणका लागि संरा अमेरिकाले पूर्वी एसियाली देशहरूलाई गठबन्धनमा जोड्यो । त्यतिमात्र होइन पूर्वी एसियाली देशहरूसँग बहुपक्षीय सम्बन्ध जोड्नका लागि अनेक टिकडम अपनायो । पूर्वी एसियाली देशहरूबीचको सहकार्य र सम्बन्ध भाँडेर शैन्य हस्तक्षेपका प्रयासहरू पनि थाल्यो ।
संरा अमेरिका र युरोपेली सङ्घले चीननीति पुनः समायोजन गर्ने क्रममा चीनलाई केन्द्रमा राखेर थुप्रै कार्यक्रम, अन्तरक्रिया र वार्ताहरू आयोजना गरे । ती मध्ये सन् २००१ मा ‘चीन अर्थात् पूर्वी एसिया’ को विषयमा आयोजित कार्यक्रममा संरा अमेरिका र युरोपेली विज्ञहरूबीच चीनको भविष्य, चीनको विकासको तरिका, ढाँचा र विश्वमा पर्न सक्ने चीनको प्रभावबारे छलफल गरियो । चीनको उदयले संरा अमेरिका र युरोपलाई पर्ने प्रभावबारे पनि बहस चलाइयो ।
सन् २००५ मे मा दुवै पक्षले चीनको उदयको सामना गर्न रणनीतिक वार्ता संयन्त्रसँगै उच्च तहको निर्णय गर्नेहरूको टोली गठन ग¥यो । त्यसपछि चीनलाई युरोपेली हतियार बिक्री प्रतिबन्ध हटाई आफ्नो औपचारिक रणनीतिक वार्ता टुङ्ग्यायो र तुरुन्तै इराक र इरानको आणविक मुद्दामा ध्यान केन्द्रित ग¥यो ।
चीनको उदयसँगै बदलिएको त्रिपक्षीय सम्बन्धले संरा अमेरिका र युरोपलाई चीनसँग संयुक्त रूपमा काम गर्नुपर्ने अवस्थामा पनि पु¥यायो । यद्यपि, त्यो सहकार्यको आशातीत प्रतिफल भने प्राप्त भएन । अहिले संरा अमेरिका चीनको उदयलाई भूराजनीतिक परिप्रेक्ष्यबाट हेर्छ र चीनको प्रभाव मेट्ने हरसम्भव प्रयासमा छ । चीनको विषयमा संरा अमेरिका र युरोपको वार्ता र छलफल रणनीतिक सम्बन्ध विस्तारमा केन्द्रित देखिन्छ ।
अन्तर्राष्ट्रिय वित्तीय मन्दीपश्चात् चीनको विषयमा संरा अमेरिका र युरोपेली सङ्घले अन्तरक्रियालाई सघन र बलियो बनाएको इतिहास ‘समकालीन विश्वमा’ पढ्न पाइन्छ । सन् २००८ को अन्तर्राष्ट्रिय वित्तीय मन्दी र युरोपेली ऋण सङ्कटले संरा अमेरिका र युरोपको अर्थतन्त्रमा ठूलो क्षति पु¥यायो । त्यसपछि ओरालो झर्दै गरेको ‘पश्चिम’ र उकालो चढ्दै गरेको पूर्वबीच राम्रो सम्बन्धका लागि अन्तर्राष्ट्रिय ढाँचाको समायोजन आवश्यक देखियो । यद्यपि, त्यही मन्दी र सङ्कटमा चीन अझ उचाइमा पुग्ने र विश्व व्यवस्थामा चीनले ठूलो प्रभाव पार्ने डर संरा अमेरिका र युरोपसँग थियो । वित्तीय मन्दी र ऋण सङ्कटबाट पश्चिमलाई जोगाउन चीनले आफ्नो वैदेशिक मुद्रा सञ्चितिको प्रयोग गरेको थियो । संरा अमेरिका र युरोपमा चीनको सहयोग बढेपछि संरा अमेरिकाले ‘चाइना थ्रेट’ को तथाकथित खेल खेल्न सुरु ग¥यो । युरोपले पनि चीनको सहयोग युरोपका लागि राजनीतिक, आर्थिक, वातावरण र विकास मोडेलको हिसाबले चुनौति हुनसक्ने प्रचार ग¥यो । त्यसपछि संरा अमेरिका र युरोपले आफू अनुकूल र चीनको बढ्दो प्रभावविरुद्ध संयुक्तरूपमा नीतिगत खेल अगाडि बढाए । संरा अमेरिकाको चीन नीति इतिहासमै सबैभन्दा बढी आक्रमक बनाइयो । युरोपले भने आफ्नो दुईपक्षीय सम्बन्ध भन्दै ‘दोहोरो अनुहार’को नीति लियो । किनभने, एकातिर युरोप आफू ऋण सङ्कटबाट जोगिन चीनसँगको सहकार्य चाहन्थ्यो । अर्कोतिर चीनको विकास र प्रभाव चाहँदैनथ्यो । अन्तर्राष्ट्रिय वित्तीय मन्दीपछि बढेको चीनको शक्ति र प्रभावबाट संरा अमेरिका र युरोपको रणनीतिक सतर्कता बढ्यो र दुवै चीनविरुद्ध बलियो सहकार्यमै जुटे ।
धेरै वर्ष चुपचाप बसिसकेपछि संरा अमेरिका र युरोपले सन् २००९ मा चीनसँग सम्बन्धित वार्ताहरूलाई महत्वका साथ अघि बढाए । जहाँबाट केही नयाँ दृष्टिकोणहरू तय गरिए । पहिलो, विशेषत चीनको प्रश्नमा संरा अमेरिका र युरोपबीच व्यापक र गहिरो संवाद अघि बढाउने नीति बनाइयो । चीनको अर्थतन्त्र, व्यापार र वित्तीय क्षेत्रसँगै शैन्य सम्पर्क र शैन्य प्रविधि स्थानान्तरण, घरेलु सुशासन, मानव अधिकारका विषयहरूमा छलफललाई जोड दिने उल्लेख गरियो । दोस्रो, दुबै पक्षबाट पूर्वी एसियाली सुरक्षा सहकार्यमा जोड दिइने र त्यसका लागि दुवै पक्षबाट आधिकारीहरू र बुद्धिजीवी, विज्ञहरूको समूह तयार गर्ने, चीनको प्रश्नमा अर्थात् चीनको उदय रोक्न ती विज्ञहरूले नीतिहरू सुझाउने, युरोपेली सङ्घको एसिया प्रशान्त सुरक्षा चासोलाई संरा अमेरिकाको एसिया क्षेत्रमा चासोसँग तालमेल मिलाउने र संरा अमेरिकाको ‘एसिया–प्रशान्त पुनः सन्तुलन रणनीति’ र युरोपेली सङ्घको ‘एसिया रणनीति’ लाई बलियो र सफल बनाउने उल्लेख गरियो । तेस्रो, अर्थात् अन्तिम चरणमा दुबै पक्षका उच्च पदस्थ सरकारी आधिकारीहरूबीच वार्ता अथवा सम्मेलनहरू आयोजना गर्ने नीति बनाइयो । सन् २०११ मा संरा अमेरिका र युरोपेली सङ्घको गृष्म सम्मेलनबाट तय गरिएको संयुक्त वक्तव्यअनुसार एसिया प्रशान्त क्षेत्रको राजनीतिक, आर्थिक, सुरक्षा र मानव अधिकारका क्षेत्रहरूमा संरा अमेरिका र युरोपको रणनीतिक चासो रहने उल्लेख छ । एसिया प्रशान्त क्षेत्रको पछिल्लो विकासक्रम हेर्ने हो भने संरा अमेरिका र युरोपबीच तगडा सहकार्य र समन्वय भएको देखिन्छ । सारमा चीनविरुद्ध संरा अमेरिका र युरोपको सहकार्य अन्तर्राष्ट्रिय वित्तीयमन्दीपछि अझ सघन बनेको हो । त्यसपछि नै दुईपक्षबीच छलफलका विभिन्न रूपरेखाहरू बनेका हुन् । चीनको प्रश्नमा दुईपक्षको कूटनीति परिपूरकरूपले विकास हुँदै गयो, नीतिगत निर्णयहरूमा साझेदारीहरू निरन्तर अगाडि बढ्यो । तीव्र चीन–अमेरिकी खेलको पृष्ठभूमिमा त्रिपक्षीय सम्बन्धमा नयाँ प्रवृत्ति देखिएको छ ।
चीनलाई कमजोर बनाउने ती सम्पूर्ण प्रयासबीच पनि चीनको पर्याप्त सुधार र विकास, समग्र शक्ति र प्रभाव रोकिएन र त्यो देखेर संरा अमेरिका र युरोपका विज्ञहरू आफैले चीनको उचाइ अझ चुलिने आकलन तथ्यका आधारमा ग¥यो । त्यसपछि दुवै पक्ष मिलेर चीनविरुद्ध अझ गहिरो र आक्रामक चीननीति समायोजन ग¥यो । बाइडेनले संरा अमेरिकी प्रशासन सम्हालेदेखि ट्रम्प प्रशासनकै चीननीतिलाई अझ व्यापक बनायो, संरा अमेरिकाको प्रमुख प्रतिद्वन्द्वी देशको रूपमा व्यवहार ग¥यो । वाइडेन प्रशासनले पनि चीनको अर्थतन्त्र, व्यापार, प्रविधि र सेनाको क्षेत्रमा ‘ठूल्दाइ मनोवृत्ति’ अर्थात् वडाराष्ट्र अहङ्कार कायम राख्यो । चीनलाई दबाब दिनको निम्ति मानव अधिकार र अन्य विचारधारात्मक मुद्दाहरू उछाल्यो । चीनलाई दबाब दिन युरोपसँगको असमझदारी सुल्झाई नियमित वार्ता र सहकार्य गर्ने कार्यलाई महत्व दियो ।
चीनविरुद्ध संरा अमेरिकाले अनेकन खेलहरू खेल्न थालेपछि युरोपेली सङ्घले पनि चीननीतिलाई पुनः फेरबदल ग¥यो । सन् २०१९ को युरोपेली सङ्घको रणनीतिक दस्तावेजमा चीनलाई युरोपको ठूलो र व्यापक प्रतिस्पर्धीको रूपमा उल्लेख गरिएको छ । सहकार्यमा साझेदार, समस्याहरू सल्टाउने वार्तामा साझेदार, आर्थिक प्रतिस्पर्धी, संस्थागत प्रतिस्पर्धी गरी चार वटा शीर्षकमा चीननीति फेरबदल गरियो । युरोपेली सङ्घको नयाँ नेतृत्वले पनि पुरानो चीननीतिलाई सम्झौताहीन निरन्तरता दियो र मूल्यमा आधारित कूटनीतिलाई बलियो बनायो । युरोपेली सङ्घले त चीनको सिङ्च्याङमाथि तथाकथित ‘मानव अधिकार हनन’ को आक्षेप लगाई प्रतिबन्धहरू थोप्यो । चीन–युरोपेली सङ्घबीचको सम्बन्धको विषयमा लेख्न पर्दा, अर्थतन्त्रको सवालमा दुईपक्षबीच प्रतिस्पर्धा र सहकार्य दुवै छ । विश्वव्यापी सुशासनको निम्ति सहकार्य खोज्दैछ । राजनीति र विचारको सवालमा ‘जस्तालाई तस्तै’ को नीति अवलम्बन गरिएको छ । ‘चिसो राजनीति र गरम अर्थतन्त्र’ संस्करणको चीन–युरोपेली सङ्घ सम्बन्धका लागि यी विशेषताहरू आजभोलि समान्य जस्तै भएको छ ।
पछिल्लो समय ‘चीन चुनौती’ शीर्षकमा संरा अमेरिका र युरोपले तात्तातो बहस चलाएको देखिन्छ । सन् २०२१ मार्चमा अट्लान्टिक काउन्सिल, अमेरिकी चिन्तक ९त्जष्लप त्बलप० ले प्रकाशित गरेको ‘चीन योजना, राजनीतिक प्रतिस्पर्धाका लागि अन्तरअट्लान्टिक खाका’ मा चीनविरुद्ध स्पष्ट रणनीतिक प्रतिस्पर्धाको बाटो र प्रतिरोधी उपायहरू उल्लेख गरिएको छ । यतिबेला चीनलाई अङ्कुश लगाउन युरोपेली सङ्घसँगको राम्रो सहकार्य संरा अमेरिकालाई आवश्यक छ भने चीन र एसियामा आप्mनो स्वार्थको अट्लान्टिक गठबन्धन जोगाइ राख्न युरोपलाई संरा अमेरिकाको साथ आवश्यक छ ।
त्यसकारण, संरा अमेरिका र युरोपेली सङ्घबीच ‘चीनको मुद्दामा’ उच्च–तहको वार्ता चालु छ । अझ भनौँ, यतिबेला चीननीतिको सवालमा दुईपक्ष इतिहासमै सबैभन्दा नजिक भएका छन् । संरा अमेरिका र युरोपेली सङ्घ दुवैले चिनियाँ कम्पनीहरूसँग विलय र अधिग्रहणमा खुलापनलाई कसेको छ । रणनीतिक पूर्वाधार र प्रमुख प्रविधिक क्षेत्रहरूमा पनि व्यापार सङ्कुचनको नीति लिएको छ । चीनको वैदेशिक लगानी हतियार बिक्री र दोहोरो प्रयोगका उत्पादनको निर्यातमा रोक लगाउने काम दुईपक्ष मिलेर गरिरहेको देखिन्छ ।
तर, ‘पूर्वको उदय र पश्चिमको अवशान’ र चीन–पश्चिमबीचको खेलको तीव्रतामा चिनियाँ विशेषतासहितको समाजवादी प्रणालीको परिपक्वता र आत्मविश्वास देखेर संरा अमेरिका र यूरोप आत्तिएको छ । ट्रम्पका अनुसार संरा अमेरिकाका लागि चीनको तीन प्रमुख चुनौतिमध्ये ‘मूल्यहरू चुनौति’ एक थियो भने बाइडेन आएदेखि चीनसँग त्यही मूल्यहरूको मुद्दामा प्रतिस्पर्धालाई तीव्र बनाएको छ । यूरोपेली सङ्घले चीनलाई ‘संस्थागत प्रतिद्वन्द्वी’ को संज्ञा दिएको छ । चीनसँग सम्बन्धित वार्ताहरूमा संरा अमेरिका र युरोपेली सङ्घको प्रमुख मुद्दा मानव अधिकार बन्ने गरेको छ ।
दुवै पक्षले चीनविरुद्ध सैन्य सुरक्षा र भूरणनीतिक क्षेत्रमा आप्mनो सहकार्यलाई बलियो बनाउँदै छ । नाटोले एसिया–प्रशान्त क्षेत्रमा फर्कने दाबी गरेको छ । ‘नाटो २०३० अगुवाइ’ सन् २०२० को अन्त्यमा जारी गरियो जसमा नाटोले चीन र चीनको सैन्य उदयलाई कसरी सामना गर्ने भन्ने विषयमा सोच्न जरुरी भएको प्रस्ताव गरिएको छ । सन् २०२१ जूनमा सम्पन्न नाटो सम्मेलनले पहिलो पटक चीन नाटोका लागि व्यवस्थित चुनौती हो भन्ने घोषणा गर्यो । यसका अलावा संरा अमेरिका र युरोपेली सङ्घ हिन्द–प्रशान्त क्षेत्रको एसियाली संयन्त्रविरुद्ध सहकार्य गर्दैैछ । बाइडेन प्रशासनले हिन्द प्रशान्त आर्थिक रूपरेखा तयारीको योजना बनायो भने युरोपेली सङ्घले ‘विश्वव्यापी पोर्टल’ कार्यान्वयनको योजना बनाउँदैछ । दुवै पक्ष मिलेर चीनको एकक्षेत्र एकमार्ग अगुवाइविरुद्ध रणनीतिक षड्यन्त्र गर्दैछ । विशेषत डिजिटल अर्थतन्त्र, प्रविधि, आपूर्ति चक्रको लचकता र पूर्वाधारका क्षेत्रमा हस्तक्षेप र प्रतिबन्धहरू जारी छन् ।
तथापि, चीनका सम्बन्धमा संरा अमेरिका र युरोपेली सङ्घको नीतिगत सहकार्यको पनि सीमा छ । दुईबीचको फरक पहिचान, स्वार्थ र नीतिगत चासो नै सहकार्यको सीमा हो । त्यतिमात्र होइन अमेरिकी प्रभुत्ववाद र युरोपेली सङ्घको रणनीतिक स्वशासन या स्वायत्तता बीचको संरचनागत विरोधाभाषहरूले पनि दुईपक्षबीचको भिन्नता दर्साउँछ ।
पूर्वी एसियामा चीनको सुरक्षा चुनौती छ भन्दै संरा अमेरिकाले फतुर लगाउनुको अभिप्राय युरोपेली सङ्घ र नाटोलाई चीन विरुद्धको सैन्य हमलाका लागि साथमा लिनु हो । पछिल्लो समय युरोपमा रुस एउटा चुनौतीको रूपमा उभिएपछि एसियाको सुरक्षा मामिलामा नाटोको अत्यधिक संलग्नताको युरोपेली सङ्घले असहमति जनायो । साथै, चीनविरुद्ध संरा अमेरिकाको सैन्य गठबन्धन र हमलाका योजनाहरूमा सहभागी बन्न हिच्किचायो । युरोपेली सङ्घको चीन नीति अझै पनि चीन–युरोपको आर्थिक र व्यापार संग सम्बन्धित छ । चीनको दीगो आर्थिक विकासका लागि यूरोप आज पनि उच्च आकर्षणको क्षेत्र हो । त्यसकारण, चीनले संरा अमेरिकालाई उछिनेर, बेवास्ता गरेर युरोपलाई सबैभन्दा ठूलो व्यापार साझेदारको रूपमा सन् २०२० मा पहिलो पटक घोषणा ग¥यो । पछिल्लो समय आर्थिक र व्यापार असमझदारीहरू देखिए पनि लगानी र व्यापारका लागि वार्ता र परापर्शहरूमार्फत सल्टाउने अपेक्षा गरिएको छ ।
भविष्यतिर हेर्ने हो भने चीन, संरा अमेरिका र युरोपको त्रिपक्षीय सम्बन्धमा युरोपेली सङ्घको रणनीतिक स्वयत्तता र चीन–इयू सम्बन्धको लचकतालाई नजरअन्दाज गर्नु गल्ती हुनेछ । चीनको विषयमा युरोपेली सङ्घ संरा अमेरिकासँगको साझा स्वार्थ, खप्टिएको चासोहरूमा सँगसँगै हुने पनि उत्तिकै सत्य हो । तथाकथित चीनको चुनौती भन्ने सवालमा दुईपक्ष एकै ठाउँमा आउने निश्चित छ । तथापि, रणनीतिक स्वायत्ततालाई छोड्न र चीनलाई पूर्णत आफूबाट अलग्याउने काम युरोपेली सङ्घले गर्नेछैन ।
लेखक शाओ हाइफु, चीनको परराष्ट्र मामिला विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध संस्थाका प्राध्यापककै शब्दमा भन्नुपर्दा संरा अमेरिका र युरोपेली सङ्घले भविष्यमा चीनविरुद्ध दबाब सिर्जना जरुर गर्नेछ तर युरोपेली सङ्घ पूर्णतः संरा अमेरिकाकै बाटो जाँदैन भन्ने पनि उत्तिकै सत्य हो । चीनविरुद्धका सम्पूर्ण रणनीतिक शैन्य गठबन्धनहरू छोडेर चीनलाई अङ्कुश लगाउन युरोपेली सङ्घले आप्mनो स्वार्थका लागि भने संरा अमेरिकासँग सहकार्य गर्नेछ ।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागबाट नियमित प्रकाशित हुने बुलेटिन ‘समकालीन विश्व’ मा विश्वको राजनैतिक, आर्थिक, रणनीतिक मुद्दाहरूबारे थुप्रै महत्वपूर्ण लेखहरू सङ्ग्रहित छन् । अन्तर्राष्ट्रिय सुरक्षा, विश्व सुशासन, चीनको विश्व सम्बन्ध र चिनियाँ कम्युनिस्ट पार्टीको कूटनीति र वैचारिक अडानका विषयमा महत्वपूर्ण लेखहरू निकै पठनीय छन्, चर्चा योग्य छन् ।
Leave a Reply