अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
भक्तपुर, २१ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) का जीवनसङ्गिनी शोभा प्रधानको दुःखद निधन भएकोमा दिवङ्गतप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारमा समवेदना व्यक्त गर्न विभिन्न दलका नेता, विज्ञ, विशिष्ट तथा राजदूतले पनि रोहितसँग भेटघाट गर्नुभएको छ ।
यसैबीच नेपालका लागि प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योङ मानले रोहित निवासमा भेटघाट गर्नुभएको थियो ।
उक्त भेटघाटमा राजदूत किम योङ मानले कामरेड शोभा प्रधानको दुःखद निधनको खबरबाट आफूहरू मर्माहत भएको बताउँदै दुःखको घडीमा दिवङ्गतप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेमकिपाका अध्यक्ष एवम् परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो ।
उहाँले भन्नुभयो, “कोरियाली जनताका एक असल मित्रको नाताले कोरियाली मजदुर पार्टीको तर्फबाट नेमकिपाका अध्यक्ष रोहितप्रति गहिरो समवेदना व्यक्त गर्दछौँ । अध्यक्ष रोहितको सुस्वास्थ्यको पनि कामना गर्दछौँ ।
स्मरणीय छ, शोभा प्रधानको असार ८ गते उपचारको क्रममा निधन भएको थियो ।
Leave a Reply