अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
काठमाडौँ, २१ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) का जीवनसङ्गिनी तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष शोभा प्रधान (बिजुक्छेँ) को मङ्गलबार श्रद्धाञ्जली कार्यक्रम भयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा वक्ताहरूले असार ८ गते निधन भएका शोभा प्रधानको व्यक्तित्व र योगदानबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका सचिव तथा सांसद प्रेम सुवालले महिला स्वास्थ्य शिविरमार्फत महिला स्वास्थ्य सेवा र चेतना जगाउने, जनतासँग बाँच्ने, सुसंस्कृत व्यवहार गर्नेजस्ता शोभा प्रधानका सत्गुणबाट सिकेर व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।
नेपालका शासक दलका नेताहरू आफू बिरामी पर्दा विदेशमा उपचार गर्न जाने तर जनताका समस्याबारे बेवास्ता गर्ने गरेको बताउँदै सचिव सुवालले क्यान्सरका बिरामीको लागि आवश्यक औषधि व्यवस्था विभागले भित्र्याउन सहज नगर्दा जनताले दुःख पाएको बताउनुभयो ।
उहाँले पुरुषको तुलनामा महिलालाई ४२ थरी रोग लाग्ने भएकोले महिला स्वास्थ्यबारे चेतना फैलाउने गतिविधि गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँका जीवनसङ्गिनी शोभा प्रधानले राजनीतिक कार्यकर्ताको जीवनमा आइपर्ने कठिनाइबारे जानकार भएर पनि जनताका सेवा गर्ने भावनाले अध्यक्ष बिजुक्छेँलाई साथ दिनुभएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्रामसङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले शोभा प्रधानका अपूरा काम पूरा गर्नु नै उहाँप्रतिको साँचो श्रद्धाञ्जली हुने बताउनुभयो ।
नेक्रामसङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैँया सुवालले २०४५ सालमा पञ्चायती राज्यस्तरबाट भएको भक्तपुर काण्डको प्रतिकूल समयमा पनि शोभा प्रधान महिलाहरूको लागि प्रेरणा र महिला गतिविधिको अगुवाइ गर्नुभएको बताउनुभयो ।
“शोभा भाउजूले त्यति बेला झूटा मुद्दा खारेजीको लागि वकिल, पत्रकार, बुद्धिजीवीबिच गएर सत्यतथ्य कुरा जनतासमक्ष पु¥याउनुभएको थियो”, उहाँले भन्नुभयो ।
नेक्रामसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष अम्बिका न्याईच्याईले शोभा प्रधान नेपाली श्रमिक महिलाको अधिकारको निम्ति लड्ने महिला योद्धा भएको बताउनुभयो ।
उहाँले क्यान्सर रोगबारे चेतना फैलाउन शोभा प्रधानले महिला स्वास्थ्य शिविरको आयोजनामा सक्रिय हुनुभएको बताउनुभयो ।
स्रष्टा समाज नेपालका सदस्य सुशिला कर्माचार्यले शोभा प्रधानबाट नैतिक मूल्य, व्यवहारिक, सामाजिक र राजनीतिक ज्ञान सिक्न सकिने बताउँदै का. रोहितको राजनीतिक जीवन, अध्ययन र लेखनमा शोभा प्रधानका महत्वपूर्ण योगदान भएको बताउनुभयो ।
कार्यक्रममा शोभा प्रधानका सहकर्मी शिक्षिका शोभा गोसाईले शोभा प्रधान शिक्षक र विद्यार्थीका प्रिय अभिभावक भएको बताउँदै विद्यार्थीलाई देशभक्त, इमानदार र सक्रिय बनाउन शोभा प्रधानले जोड दिने गर्नुभएको बताउनुभयो ।
शोभा प्रधानका सुपुत्र सुवेगमान बिजुक्छेँले प्रधानको स्वास्थ्य उपचारमा भएको प्रयासबारे जानकारी दिनुभयो ।
कार्यक्रममा नेक्रामसङ्घका सचिव प्रतिभा श्रेष्ठ र सदस्य सुलोचना छ्वाजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply