नयाँ नयाँ सेवा सञ्चालन गर्दै जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने
- कार्तिक २०, २०८३
भक्तपुर, २९ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले व्यापक कामदार जनताको हितमा निःशुल्क र अनिवार्य शिक्षा व्यवस्थाको लागि संघर्ष जारी राख्नुपर्ने बताउनुभएको छ ।
आइतबार नेपाल क्रान्तिकारी विद्यार्थी संघ केन्द्रीय समितिको सातौं पूर्ण बैठकमा विद्यार्थी कार्यकर्तालाई प्रशिक्षण दिंदै उहाँले ३६ लाख तिर्न सक्ने परिवारका छोरा–छोरी मात्र डाक्टर पढ्न पाउने बन्दोबस्तले निम्न पूँजीपति वर्गको मात्र हित गर्ने बताउनुभयो ।
‘कुनै कलेजले त्यो भन्दा कम शुल्कमा पढाउने भए त्यस्तो कलेज खोल्न दिने कि नदिने ?’, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
उहाँले शासक दलका नेताहरू मिलेर स्थापना भएका निजी कलेजहरू बन्द गर्न संघर्ष आवश्यक भएको बताउँदै नयाँ कलेज वा अस्पताल नहुँदा अहिले भएकाहरूको हालीमुहाली स्वीकार्नु पर्ने बताउनुभयो ।
‘कुनै कलेजले त्यो भन्दा कम शुल्कमा पढाउने भए त्यस्तो कलेज खोल्न दिने कि नदिने ?’, अध्यक्ष बिजुक्छेंले भन्नुभयो ।
आत्मअनुशासन महत्वपूर्ण भएकोमा जोड दिंदै श्रमजीवी वर्गीय भावनाले काम नगर्ने मानिसहरू कुनै न कुनै कामदार जनताको संगठन छोडेर भाग्ने कुरामा जोड दिनुभयो ।
सरकारमा गएको पूँजीवादी पार्टी र राज्यसत्ता स्वंय साम्प्रदायिक भएको चर्चा गर्दै अध्यक्ष रोहितले कुनै पनि समाज समस्याबाट मुक्त नहुने भएकाले चुनौतीसँग लड्ने बानी विकास गर्नुपर्ने धारणा राख्नुभयो ।
‘धेरै मानिस पछि लागेकै भरमा कुनै पनि विषय सत्य हुने गर्दैन । आलोचनात्म क चेतको विकास आवश्यक छ । कमैया मुक्तिको घोषणा गर्दा सदनमा नेमकिपा एक्लै विपक्षमा थियो । आज समयले सत्य अघि ल्याएको छ ।’, उहाँले भन्नुभयो ।
बैठकमा सहभागी सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले संगठन परिचालनसम्बन्धमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।
Leave a Reply