वडाध्यक्षको डायरीबाट – एकल महिलालाई मैले न्याय दिन सकिनँ
- असार १५, २०८३
भक्तपुर, २४ असार । नेपाल कर्मचारी समाज र नेपाल नगरपालिका कर्मचारी एशोसियसनको संयुक्त आयोजनामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) की जीवन सङ्गिनी, नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय कोषाध्यक्ष एवं नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य शोभा प्रधानको निधनमा शुक्रबार नगरपालिकाको सभाकक्षमा श्रद्धाञ्जली सभा भयो ।
उक्त सभामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश र समाजको सेवामा काम गर्ने व्यक्ति जनताको मन र स्मरणमा बस्न सफल हुने बताउँदै जीवनको अन्तिम समयमा पनि उहाँले खुसीसाथ मुस्कुराएर बिदा हुनुभएको स्मरण गर्नुभयो ।
क्यान्सर आफैमा खतरनाक रोग भएको र यस रोगविरुद्ध जनचेतना अभियान सञ्चालन गर्न नगरपालिकाले हरेक वर्ष क्यान्सर रोग परीक्षण शिविरहरू सञ्चालन गर्दै आइरहेको बताउँदै प्रमुख प्रजापतिले उहाँको राजनीतिक क्रियाशीलता र सादा जीवन उच्च विचारका कारण आज उहाँ हामीमाझ नभए पनि अमर हुनुभएको छ भन्नुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “महिलाहरूको सक्रियताले समाजलाई अगाडि बढाउन धेरै समय लाग्दैन । उहाँले छोटो जीवन तर सार्थक जीवन बिताउनुभएको छ ।”
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले शोभा प्रधान एक असल शिक्षिका र पञ्चायती व्यवस्थाको विरुद्ध र प्रजातन्त्र स्थापनाको लागि सङ्घर्षरत क्रान्तिकारी महिला नेतृ हुनुहुन्थ्यो भन्नुभयो ।
भक्तपुरमा हुने क्यान्सर रोगविरुद्ध हुने जनचेतना कार्यक्रमहरूमा उहाँको क्रियाशीलता आफैमा उत्साहप्रद भएको बताउँदै सांसद सैंजुले देश र जनताको सेवा नै धर्म हो भन्ने विचार उहाँमा भएको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले स्व. प्रधानप्रतिको श्रद्धाञ्जली भनेकै उहाँको सपना पूरा गर्न सबैजना प्रतिबद्ध भएर लाग्नु हो भन्दै महिलाहरूलाई राजनीतिकरूपमा सङ्गठित बनाउन उहाँको योगदान उल्लेखनीय भएको बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेपाल कर्मचारी समाज र नेपाल नगरपालिका कर्मचारी एशोसिएसनका अध्यक्ष गौतमप्रसाद लासिवाले नेमकिपाका अध्यक्ष रोहितको राजनीतिक जीवन सफल बनाउन शोभा प्रधानको उल्लेखनीय भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल कर्मचारी समाजका सचिव शिवराम धुख्वाले पनि बोल्नुभएको थियो भने नेपाल नगरपालिका कर्मचारी एशोसियसनका सदस्य रामकृष्ण प्रजापतिले शोभा प्रधानको जीवनी वाचन गर्नुभएको थियो ।
Leave a Reply