इरानका ‘केही स्थान’ मा अमेरिकी आक्रमण
- असार १५, २०८३
भक्तपुर, २५ असार । नेपाल मजदुर किसान पार्टी भनपा २ वडा एकाइ समिति ब्यासीको आयोजनामा भनपामा निर्वाचित उम्मेदवारहरूलाई बधाई तथा मतदाताहरूलाई धन्यवाद कार्यक्रम शनिबार भयो ।
कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवालले नेमकिपाले आफ्ना कार्यकर्ता र जनप्रतिनिधिहरूलाई जनताको सेवामा एम्बुलेन्सजस्तै तदारूक भएर लाग्न प्रशिक्षण दिनुभयो ।
उहाँले भन्नुभयो, “नगरपालिका र गाउँपालिकाका हाम्रा जनप्रतिनिधिहरूले जनताको प्रत्यक्ष सेवामा सम्बन्धित छन् । सङ्घ र प्रदेशका हाम्रा जनप्रतिनिधिहरू बजेटको सिद्धान्त र प्राथमिकता, नीति तथा कार्यक्रम, बजेट निर्माण, विधेयक र सन्धि–सम्झौतामा छलफल हुँदा पार्टीको विचार प्रस्तुत गर्छन् ।”
पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले २०४० सालमा लेख्नुभएको राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी पुस्तकलाई आत्मसात गरी हाम्रा साथीहरू देश र जनताको सेवामा लागिरहनुपर्नेमा सचिव सुवालले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयको विधेयक संसद्बाट पारित भए एमबीबीएसको कक्षा १५ लाख रूपियाँमा अध्यापन हुनेछ । शिक्षामन्त्रीले विधेयक संसद्मा पेश गर्न मन्त्रालयमा छलफल भइरहेको बताउनुभएको छ ।”
सचिव सुवालले भन्नुभयो, “कृषि मन्त्रीले रोपाइँको बेला मलको व्यवस्था गर्न सकेनन्, भारत सरकारले आफ्नो उत्पादन मल नेपाललाई नपठाउने र तेस्रो देशमा खरिद गरी नाफा खाएर पठाउने मलसमेत यसपालि पठाएन । बैङ्कको ऋण ल्याएर आ–आफ्ना छोराछोरी खाडी मुलुकमा सस्तो श्रमिक बन्न पठाएर नेपालीले भारतको चामल, दाल, तरकारी किनेर खानुपर्ने स्थिति भयो । यसरी देश विकास हुँदैन । बरू अर्थतन्त्र टाट पल्टिएर श्रीलङ्काको जस्तो हुनेछ, दूध एक लिटरको दुई डलर र चिनी एक किलोको पाँच हजार रूपियाँ !”
भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नेमकिपाले भक्तपुरमा शिक्षा स्वास्थ्य सम्पदा संरक्षण कार्य गरिरहेको चर्चा गर्दै नेमकिपाको घोषणापत्रअनुसार जनप्रतिनिधिहरूले कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले ख्वप अस्पतालले १०० शय्या स्वीकृति पाएको चर्चा गर्दै कानुन सङ्कायका कलेज र ख्वप नर्सिङ कक्षा पुनः सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालय सम्बन्धन प्राप्त भएमा मेडिकल कलेज सञ्चालन गर्नेछ । देको मिवा इतापाके आयोजनामा सरकारले जारी गरेको नियमले जग्गा कित्ता काट गर्न अफ्ठ्यारो भइरहेको र त्यो समस्या भूमि तथा सहकारी मन्त्रीलाई जानकारी गराएको छु ।”
भक्तपुर नपाका उपमेयर रजनी जोशीले भक्तपुरमा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण अझ राम्रो गर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले भक्तपुरमा शिक्षा र स्वास्थ्यलाई अगाडि बढाउन अग्रजहरूको पनि महत्वपूर्ण योगदान रहेको चर्चा गर्दै मादल चिह्नमा मत दिई नेमकिपालाई जिताउनुभएकोमा मतदाताहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
भनपा वडा नं २ का वडाअध्यक्ष हरिप्रसाद बासुकलाले नेमकिपाको घोषणा पत्रअनुसार जनतासँग सरसल्लाह गरी विकास निर्माण तथा नपाका योजनाअनुसार अगाडि बढ्ने बताउनुभयो ।
रत्नकाजी नातरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शिक्षासेवी बालमुकुन्द बासुकला, पूर्ववडाअध्यक्ष आशकुमार कोजु, रवीन्द्र खर्बुजा, गणेशप्रसाद सुवाल र आर. के. लघुले पनि बोल्नुभएको थियो ।
Leave a Reply