भर्खरै :

नेक्राविसंघको १२ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन

भक्तपुुर, ३० साउन । नेपाल क्रान्तिकारी विद्यार्थी संघको एघारौं राष्ट्रिय सम्मेलनपछिको सातौं पूर्ण बैठक सोमबार सम्पन्न भएको छ । भक्तपुरमा शनिबारबाट सुरु भएको संघको केन्द्रीय बैठक ३ दिन चलेको थियो । बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्ना जिम्मेवारी क्षेत्रका रिपोर्ट प्रस्तुत गरेका थिए भने सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन र दुई स्थानीय तहका निर्वाचनको समीक्षा गरिएको थियो । बैठकमा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) र सचिव प्रेम सुवालले विविध समसामयिक विषयहरुमा प्रशिक्षण दिनुभएको थियो । बैठकले संघको एघारौं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय समिति विघटन गरी नीरज लवजूको संयोजकत्वमा ११ सदस्यीय नेक्राविसंघ १२ औं राष्ट्रिय सम्मेलन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *