भर्खरै :

अपराधीहरू सजात्रगी हुनुपर्छ

अपराधीहरू कारबाहीमा पर्नुपर्छ या सजात्रगी हुनुपर्छ भन्ने कुरा सामाजिक मान्यता पनि हो, कानुनी बन्दोबस्त पनि हुन्छ । समय र व्यवस्थाको परिवर्तनसँगै आपराधिक घटनाहरू तुलनात्मकरूपमा घट्दै जानुपर्ने हो । यस्ता घट्ना घटाउन राज्यले सचेतना अभियान चलाउनुपर्छ र अपराधीहरूलाई कडा दण्ड पनि दिनुपर्छ । तर, अपराधीहरू कारबाहीमा पर्दैनन् कारबाही गर्न सरकार र सत्तासीन दलका नेताहरू अघि नसरेकैले आपराधिक घटनाहरू बढिरहेका हुन् । अहिले देशमा पलपलमा हिंसात्मक घटनाहरू भइरहेका छन् । बलात्कारका घटनाहरू दोहोरिरहेका छन् । हरेक दिनजसो घट्ने यस्ता घटनाले सरकार र सत्तासीन दलहरूलाई गिज्याइरहेको छ । बलात्कार गरेर मार्ने र मरेको लास जङ्गल, खोलानाला, बगरमा फाल्ने अपराधीहरूलाई पीडित पक्षले मृत्युदण्डको माग नगरेको होइन । तर, सरकारले त्यसतर्फ वास्ता गरेको देखिँदैन ।
भनिन्छ, विधिको शासनमा कानुनीराज हुन्छ । जनता न्याय माग्न सडकमा ओर्लन्छन्, अपराधीहरूलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गर्छन् । तर, कुनै पहल हुँदैन । निर्मला पन्त, सविता, अमृता, सुस्मिता, समीक्षा, भगिरथीहरूमाथि न्याय कहिले मिल्ला ? एउटा अबोध बालिका र युवतीमाथि बलात्कारपछि हत्या भए पनि सरकार र सत्तासीन दलका नेताहरूलाई कुनै मतलब छैन । दिनदहाडै चेलीलाई बेपत्ता पारेर बलात्कारपछि हत्या हुन्छ । खोइ देशको शान्ति सुरक्षा ? अपराधीहरू किन कारबाहीमा पर्दैनन् ? यसरी देशमा हरेक दिनझैँ कहिले बलात्कार, कहिले हत्या, कहिले बेपत्ताका घटनाहरू घटिरहेकै कारण अपराधीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको हो । तर, विडम्बना ¤ अपराधीलाई कारबाही त के धरौटी राखेर छोड्छन् । अनि अपराधीको मनोबल बढ्दैन ? अपराधीहरू किन पत्ता लाग्दैनन् ? यसमा दोषी को ? सरकार ¤ सत्तासीन दलहरू या महिला आयोग या प्रहरी प्रशासन ¤
अपराधीहरूसँग सत्तासीन दलका नेताहरूको दबाब, साठगाँठ र प्रहरीसँगको मिलेमतोले पनि अपराधीहरू कारबाहीमा नपरेको जनगुनासो नयाँ होइन । सत्तासीन दलका नेताहरूको वरिपरि त्यस्तै अपराधी, उच्छृङ्खल तत्र्व, डन, गुण्डाहरू घुमिरहेको कारणले अपराधीहरू कारबाहीमा नपरेका हुन्, अपराधीहरू खुलमखुला हिँडिरहेका हुन् । अनि समाज कसरी आदर्शोन्मुख बन्छ ? अनि कसरी पीडितले न्याय पाउँछन् र अपराधीले सजाय पाउँछन् ? अतः समाजलाई अपराधमुक्त बनाउन सबैजना अघि सरौँ, अपराधीहरूलाई कसैले पनि संरक्षण नगरौँ । यसतर्फ न्यायमूर्तिहरूको ध्यान जाओस् ।
सन्दर्भ बलात्कारको घटनामात्र होइन देशमा चोरी चकारी त्यतिकै बढ्दो छ । अपहरण गरेर लाखौँ पैसा असुल्ने काम भइरहेको छ । बेपत्ता पार्ने काम भइरहेको छ । वेश्यालय पु¥याउने काम भइरहेको छ । बोक्सीको आरोपमा गाउँ निकाला गराउने, चारपाटा मोड्ने, अर्धनग्न बनाएर शारीरिक र मानसिक यातना दिने, दिसा खुवाउने, घर–आँगनमा बाँध्ने आदि काम हामीले देखिरहेका छौँ । यस्ता अन्य धेरै सामाजिक अपराधको घटनाबारे सरकारलाई चासो छैन । आपराधिक क्रियाकलाप रोक्न प्रयास नगर्ने सरकारबाट जनताले के भरोसा राख्ने ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *