सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ४
- असार १५, २०८३
कोलम्बो, १० जुलाई (सिन्ह्वा) । श्रीलङ्काली राष्ट्रपति गोटाबाया राजपाक्षेले आफ्नो पदबाट यही जुलाईको १३ तारिखमा राजीनामा दिने भएका छन् । उनले श्रीलङ्काली संसद्का सभामुख महिन्दा यापा अविवर्दनालाई सो कुराको जानकारी गराएका छन् ।
राष्ट्रपति गोटाबायाले शनिबार सभामुख अविवर्दनासँग आफूले जुलाई १३ मा राजीनामा गर्ने जानकारी गराएका सभामुख अविवर्दनाको कार्यालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।
श्रीलङ्काका विभिन्न राजनीतिक दलहरूले गरेको मागका आधारमा राष्ट्रपति गोटाबायाले यो निर्णय गरेको जानकारी सभामुखको कार्यालयले प्रकाशन गरेको सो विज्ञप्तिमा जनाइएको छ ।
यसअघि यहाँका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि आफ्नो पदबाट राजीनामा दिने बताइसकेका छन् । प्रधानमन्त्री विक्रमासिङ्घे र राष्ट्रपति गोटबायाले नै पद त्याग गर्नुपर्ने माग यहाँका राजनीतिक दलहरूले संसद्मा गरिरहेका थिए । सोही मागका आधारमा उहाँहरूले पद त्याग गर्ने निर्णय गरेका बताइएको छ ।
उता शनिबार नै राष्ट्रपति गोटबाया र प्रधानमन्त्रीको निवास र कार्यालयमा प्रदर्शनकारीहरू प्रवेश गरेका थिए । उनीहरूले प्रधानमन्त्री विक्रमासिङ्घेको घरमा आगजनी समेत गरेका छन् ।
उता राष्ट्रपति गोटाबायाले पनि शनिबार नै आफ्नो सरकारी निवास छोडेका यहाँका सञ्चारमाध्यमहरूले जानकारी गराएका छन् ।
Leave a Reply