जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४२
- असार १९, २०८३
भक्तपुर, २९ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग नेपालको चारदिने भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिऊ चियनछाओले भक्तपुरमा शिष्टाचार भेट गर्नुभयो ।
भेटमा अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले चिकपाको विदेश विभाग प्रमुख लिऊ चियनछाओलाई स्वागत गर्दै नेपाल–चीन प्राचीन सम्बन्ध रहेको बताउनुभयो । नेपाल–चीन मित्रतालाई जनताको तहमा विकास गर्नु आवश्यक छ । चिनियाँ कम्युनिस्ट पार्टीको अनुभवबाट नेपालले पनि शिक्षा लिन सकिने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले नेमकिपाको उद्देश्य देश र जनताको हित भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रचारमा ठूलो पार्टी हुनुभन्दा निःस्वार्थरूपले जनताको सेवा गर्नु जरुरी छ । नेमकिपाले चुनावलाई देश र जनताको पक्षमा उपयोग गर्छ र चुनावबाट समाजवाद आउँछ भन्ने विश्वास गर्दैन ।”
“नेमकिपाले सङ्घीय र प्रदेश संसद्मा पनि जनताको प्रतिनिधित्व गर्दै साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्दै आएको उल्लेख गर्दैै अध्यक्ष बिजुक्छेँले स्थानीय तहमा पनि निःस्वार्थरूपमा जनताको सेवा गरिरहेकोे उल्लेख गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, जनताको पक्षमा काम गर्न भुइँ तहबाटै सुरु गर्नुपर्छ भन्ने विश्वासका साथ पार्टीका साथीहरू लागिरहनुभएको छ । थाइवान, तिब्बत, सिनचियाङ, हङकङ चीनको अभिन्न अङ्ग हो । नेपाल–चीन सम्बन्धमा दुबै देशले एक अर्कालाई आन्तरिक मामिलामा अहस्तक्षेप नीति लिएको छ । चिनियाँ विकास निर्माणको कार्य विनासर्त समयमै पूरा भएको छ । चीनको उच्चस्तरीय भ्रमणले विदेशी चलखेललाई निरुत्साहित गरेको छ ।”
भेटमा चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख लिऊ चियनछाओले नेमकिपाजस्तै चिकपाको उद्देश्य पनि निःस्वार्थरूपमा देश र जनताको सेवा गर्ने भएको बताउनुभयो ।
“चीनप्रति नेपाली राजनीतिक दलहरू र जनताको सकारात्मक भावनाबाट हामी उत्साहित छौँ । नेमकिपा नेपालको एउटा महत्वपूर्ण राजनीतिक शक्ति हो । दुई पार्टीबीचको सम्बन्धलाई बलियो बनाउँदै अझ अगाडि बढाउनु आवश्यक छ ।” उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “चीन छिमेकी देशहरूको सम्बन्धमा आन्तरिक मामिलामा अहस्तक्षेप, आपसी सम्मान, आपसी हितको सिद्धान्तबाट अगाडि बढिरहेको छ । एक चीन नीतिमा समर्थन गर्नुभएकोमा अध्यक्षज्यूलाई धन्यवाद छ । नेपाली भूमिलाई चीनविरुद्ध प्रयोग गर्न नदिने नेपाली जनताको अडानको हामी प्रशंसा गर्दछौँ ।
“सन् २०१९ मा राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको क्रममा भएको दुईपक्षीय सम्झौताको भावनाअनुरूप नेपाल – चीन सम्बन्ध अगाडि बढ्ने विश्वास गर्छु । कठिन समयमा नेपाल–चीनबीच सहयोग आदान प्रदान भइरहेको छ ।” उहाँले थप्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुरका जनताको आफ्नै स्रोत साधनमा भूकम्पबाट क्षति भएको सम्पदाको पुनःनिर्माण हुनु राम्रो हो । विदेश विभागको प्रमुखको जिम्मा सम्हालेपछि नेपालजस्तो सुन्दर देशमा आफ्नो पहिलो भ्रमण तय भएकोमा गौरव अनुभूति भएको छ ।”
अध्यक्ष बिजुक्छेँले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभाग प्रमुख लिऊलाई पार्टीको प्रकाशन र मयुर झ्याल उपहार प्रदान गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीच भएको उक्त भेटघाटमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट सचिव पे्रम सुवाल तथा केन्द्रीय सदस्य सुनिल प्रजापतिको पनि उपस्थिति थियो भने चिनियाँ कम्युनिस्ट पार्टीको तर्फबाट कार्यवाहक राजदूत वाङ सीन, चिकपा विदेश विभागका उपनिर्देशक चङ योउया र विदेश विभाग प्रमुख लिऊका स्वकीय सचिव वन चाङताको पनि उपस्थिति थियो ।
भेटअघि चिनियाँ प्रतिनिधिमण्डललाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीलगायत जनप्रतिनिधिहरूले भक्तपुर दरबार स्क्वायरको मूल गेटमा स्वागत गर्नुभएको थियो । विदेश विभाग प्रमुख लिऊ चियनछाओले दरबार स्क्वायर र टौमढीमा भूकम्पमा क्षति भएका सम्पदाको पुनःनिर्माणबारे अभिरुचिपूर्वक अवलोकन गरी जानकारी लिनुभएको थियो ।
Leave a Reply