जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ४२
- असार १९, २०८३
‘हतियार खरिदमा अर्बको कमिसनको खेल’ समाचार शीर्षक र ‘सुडान काण्डको झल्को’ सम्पादकीय शीर्षक (नागरिक दैनिक– २७ असार २०७९) ले के भन्छ ?
देशको हात–हतियार नक्कली प¥यो भने देश हार्ने सम्भावना भएको हुँदा गम्भीर छानबिन गरी आवश्यक कारबाही गर्नु आवश्यक छ ।
विदेशी सामानका दलालहरूले आफ्नो काम सजिलै गर्न लगाउन शासकहरूका परिवारका मानिसलाई पदमा ल्याउन उचाल्ने र तिनीहरूकै नाममा कम्पनी खोल्न लगाई कारोबार गर्न लगाउने काम गर्छन् । पञ्चायतकालमा ती दलालहरू दरबारकै नजिकका मानिसका नाममा व्यापार गराउँथे । त्यसबाट काम छिटो हुन्थ्यो भन्सार कम हुन्थ्यो र पक्राउ परिहालेमा सजाय पनि कम हुन्थ्यो ।
ती विदेशी कम्पनीमार्फत नेपालको सरकारी संयन्त्रको ‘आन्द्राभुँडी’ जाँच्ने काम अन्य देशले गराएको हुन्थ्यो । गिरिजाप्रसाद कोइरालाकी छोरीलाई अगाडि सारी अनेक घोटालाका काम गराएको नेपाली जनताले बिर्सेका छैनन् ¤ अहिले प्रम देउवाका छोराको नाम यसै सन्दर्भमा आउँदै छ ।
‘नेपालमा उनै लङ्काको काण्ड दोहरिने’ हल्ला छ । यसकारण नेता, कार्यकता र कर्मचारी सतर्क भएनन् भने देश, नेता, दल र कर्मचारीहरू जोगिन गा¥हो हुनेछ । कर्मचारी जोगिने होइन तारो हुने सम्भावना छ ¤
‘दुई अर्ब सकियो, गरिब पहिचान सकिएन, १० वर्षमा ४९ जिल्लाका ६ लाख १५ हजार परिवार गरिब पहिचान’, ‘बाँकी २८ जिल्लाका गरिबको विवरण कहिले आउँछ टुङ्गो छैन, पहिचान भएका तीन लाख २१ हजार गरिबले पनि पाँच वर्षसम्म परिचयपत्र पाएनन् ।’ यी शीर्षक र उप–शीर्षक हुन् नयाँ पत्रिका–२७ असार २०७९ का ।
नेता र कार्यकर्ताहरू दुवै पक्षपाति तथा जातिवादी छन् । यसकारण राजनैतिक पार्टीका कार्यकर्ताबाट होइन स्थानीय निकायबाट काम भयो भने स्थानीयको सहभागिता हुन्छ । स्थानीय निकायले गरेका काममा बदमासी भए तथ्य तुरुन्तै सतहमा आउँछ र पक्राउ पर्छ ।
नेताहरू इमानदार नहुँदा र कार्यकर्तालाई राम्रो तालिम नदिँदा फल यस्तो आएको हो ।
‘चीनका विदेश विभाग प्रमुखको भ्रमण, ‘नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्नेमा विशेष जोड’ (राजधानी–२७ असार २०७९) शीर्षकको समाचार पनि छापियो ।
नेपालका केही तथाकथित कूटनीतिज्ञ तथा एक भूतपूर्व नेपाली राजदूतले चीनले नेपाली ‘कम्युनिस्ट’ पार्टीहरूलाई मिलाउन आएको र ‘यो नेपालमाथि चीनको हस्तक्षेप’ भन्ने आशयको वक्तव्यसमेत दिए । शासक पार्टीको झोला बोक्ने र विदेशीको भाषा बोल्ने व्यक्तिहरूलार्ई शासक नेताहरूले राजदूत वा माथिल्लो पदमा मनोनीत र नियुक्ति गर्दाको फल यस्तै हुन्छ । त्यस्तैले यस्ता मूर्खतापूर्ण कुरा लेख्छन् ।
एउटा नेपाली उखान छ– ‘एक धार्नी चाकु खाएर पनि स्वाद नपाउने !’
झन्डै ५०–६० वर्षदेखि नेपालले चीनसँग कूटनीतिक सम्बन्ध कायम गरेको सबै नेपालीलाई अवगत छ । कहिलेकाहीँ नेपाली कूटनैतिक व्यक्तिहरूले चिनियाँ मित्रहरूको नाडी छाम्न “दुई ठूला देशले नेपाल अप्ठ्यारो छ” भन्ने जस्ता कुरा गर्दा उत्तर आएको सुनियो, “दुई ठूला साँढे भिड्दा बाछोले फुत्कने मौका पाउँछ ।”
बुझ्ने हो भने यही वाक्यले धेरै कुरा बताउँछ । केही मन्त्रीको परिचयबारे एक चिनियाँ कूटनीतिज्ञले बताए– “म उहाँलाई चिन्छु– उहाँ मसँग सधँै भारतको विरोधमा कुरा गर्न रुचाउनुहुन्छ ।” ती नेपाली काङ्ग्रेसकै एक मन्त्री थिए ।
‘चिनियाँ विदेश विभाग प्रमुख लिउ काठमाडौँमा, बढ्ला त वाम गठबन्धनको कुरा ?’ (नेपाल समाचारपत्र –२७ असार २०७९) ।
संसद्को बहुमतले अमेरिकाको ‘हिन्द–प्रशान्त रणनीति’ को ‘एमसीसी’ पारित गर्नेहरूलाई के ‘कम्युनिस्ट’ र ‘वामपन्थी’ मान्छन् र बुद्धिजीवीहरू ?
पुँजीवादी दलको पछि लागेर वा संसदमा अल्पमतको राजनैतिक दलका ‘बदनाम’ नेतालाई तानेर गद्दी दिनेहरूको ‘वामपन्थी’ र ‘कम्युनिस्ट’ हुन्छन् ? कस्तो आश्चर्य ¤ नेपालका राजनैतिक पार्टीहरूको नाम विदेशीले दिने होइन, विदेशीहरूले त व्यवहारले तिनीहरू को हुन् भनी चिन्छन् वा चिन्ने कोसिस गर्छन् ।
तर, एउटा कुरा प्रस्ट छ– केही मित्रहरू नेपालमा साँच्चै मित्र खोज्छन् भने केही विदेशीहरू मित्र होइन ‘पैसा र पदमा बिक्ने’ ‘नोकर र चाकर’ खोज्छन् ।
नेपाली जनताले आफ्नो इज्जत आफैले जोगाउने हो ¤
‘लोकसेवा आयोगसँग सम्बन्धित विषयगत प्रश्नोत्तर’ बारे ‘राजधानी’ दैनिकमा बरोबर छापिएको पाइन्छ । २६ असार २०७९ को अङ्कमा त्यस्तै कुरा पनि छापियो ।
कर्मचारीहरूले देशको ऐन–कानुन र देश विदेशका विषयमा जानकार हुनु र तिनले योजना एवम् प्रशासनिक विषय जान्नु आवश्यक विषय हो ।
तर, ती सबै कुरा हुँदाहुँदै ‘लोकसेवा आयोग’ बाट सिफारिस भई साना र ठूला पदमा पुगेकाहरू किन कर्तव्यच्यूत र नेपाल र नेपाली जनताप्रति संवेदनशील हुँदैनन् ? उदाहरणको निम्ति ‘औषधि प्रबन्ध विभाग’ का निर्देशकसमेत क्यान्सरको आवश्यक औषधि देशमा भित्र्याउन मान्दैनन् । अनेक निहुँमा आवश्यक र विशेषज्ञहरूले बारम्बार सिफारिस गरेको औषधि देशमा भित्र्याउन नमान्दा भटाभट रोगीहरू अकालमा मर्छन् ।
कतिपय कर्मचारीलाई अख्तियारले भ्रष्टाचारको मुद्दामा हत्कडी लगाएको समाचार बरोबर आउँछ । यसकारण, लोकसेवा आयोगको निर्धारित विषयमा देश र जनताप्रति संवेदनशील, बफादार र इमानदार हुने कुरा समावेश गर्नु उपयुक्त हुन्छ ।
‘पार्टीभित्रकै अन्तर्घाती खोजी गर्दै माओवादी’, ‘तीन सदस्यीय छानबिन समिति गठन’ शीर्षकमा राजधानी– २६ असार २०७९ मा समाचार छापियो ।
एउटा उखान छ– ‘जो पानीसँग खेल्छ ऊ पानीमै मर्छ र जो आगोसँग खेल्छ, आगोमै मर्छ ।’
उखानहरू सयौँ वर्षको अनुभवको सार हो । अन्य राजनैतिक पार्टी तथा संस्थाबाट भड्काएर, लोभ–लालच वा पैसा र पद दिएर ल्याएका कार्यकर्ता वा नेताहरूले नयाँ दलमा ‘अन्तर्घात’ नगरी के फूलको माला लगाउलान् ?
हो, घाँटीसम्मका फूलको माला भित्रै अन्तरघातका बिउ हुन्छन् । आफू इमानदार हुँदैमा सबै कार्यकर्ता इमानदार होलान् भन्ने कल्पना नगरे हुन्छ । उखानै छ–‘सिस्नु रोपेर तुल्सी उम्रन्न ।’
यो कुरा प्रचण्डलाई मात्र होइन ‘पद र पैसा’ देखाएर पार्टी ठूलो बनाउने अन्य दलहरूमाथि पनि लागु हुँदै छ । के गर्नु मङ्गले आफ्नै ढङ्गले ।’
‘के नेपाल श्रीलङ्का पथमा छ ?’ ‘मुलुकलाई श्रीलङ्का हुन नदिने महत्वपूर्ण अवसर पनि आएको छ । आगामी निर्वाचनको अवसरमा जनताले विवेक पु¥याउनुपर्छ ।’ – अन्नपूर्ण, २७ असार २०७९
के गर्ने ? सरकारमा पुग्न चुनावमा धेरै पैसा खर्च गर्नुपर्छ, जनताले पनि पद र पैसाको लोभ नदिई मत दिँदैनन्, त्यसैले भृकुटी कागज कारखाना र अन्य कारखानाहरू पनि बेच्दै जानुप¥यो ।
भ्रष्टाचार र देशको बरबादीको एउटा मुख्य कारणमा भएको उद्योग–धन्दा र सेवालाई बरोबर बेच्दै र निर्वाचन जित्दै सरकार बनाउनु हो ।
२ अर्ब मूल्यको भृकुटी कागज कारखानालाई ३७–३८ करोडमा बेच्ने को ? साना बसहरूलाई अवसर दिन ट्रलि बस ध्वस्त गर्ने को हो ?
त्यो दिन पनि आउने निश्चित छ, जुन दिन सबैको ‘पाप’ र ‘धर्म’ को सूची हेरेर देश र जनताले फैसला गर्नेछन् । अन्तिम स्नान गर्दा ‘धर्म’ र ‘पाप’ बाहेक व्यक्तिले आर्जेको सम्पत्तिमात्र सँगै जाने कथा पुरानो भयो ।
अब नयाँ कथा लेखिने छ, यसलाई राजनैतिक समीक्षा भन्नु बढी उपयुक्त होला ¤
पहिले भ्रष्टाचारी, कालाबजारिया र तस्करहरूलाई प्रधानमन्त्री र मन्त्रीहरूसम्मको पहुँच सजिलो थिएन र समय लाग्थ्यो । तर, पछि संविधानमा मनोनीत सांसदहरूको बन्दोबस्त गरेपछि दूधको बाल्टिनमा अमिलो हाले सरह भयो ।
त्यो काम कसले ग¥यो ?
‘विदेशीको सल्लाह अनुसार !’
‘किन ?’
विदेशीहरूसँग त्यसको अनुभव थियो । अनि, ‘खेतान’ कसैसँग नसोधी प्रधानमन्त्रीसम्म पुग्ने बाटो खुल्यो । बिस्तारै करोडौँ रुपियाँको बलमा ठूलो र शासक दलहरूसम्म पुगे । ‘लक्ष्मी’को पूजाले देश बरबाद ¤ एउटै व्यापारीले कहिले काङ्ग्रेस र कहिले एमालेलाई करोडौँ करोड चन्दा दियो । अनि, प्रचण्डले नपाउने कुरै भएन ।
यसकारण, सरकारमा जाने र पुग्ने विदेशीको सल्लाहबाट देश ध्वस्त हुँदै छ– नैतिक र आर्थिकरूपले नेपालको पथ फरक छ ।
Leave a Reply