सन्दर्भ : प्याट्रिस लुमुम्बा जन्म जयन्ति (स्वतन्त्रताका लडाकु प्याट्रिस इमेरी लुमुम्बा – १)
- असार १९, २०८३
भक्तपुर, ३२ असार । नेपाल क्रान्तिकारी युवा सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा शनिबार ‘युवा र नेतृत्व’ विषयक प्रवचन कार्यक्रम सम्पन्न भयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले सङ्गठन र व्यवहारबारे बताउँदै युवा उमेरले नभइ विचारले हुने हुनाले सही विचारका साथ निरन्तर सिक्दै अगाडि बढ्न सके वास्तविक युवाको परिचय दिन सकिने स्पष्ट पार्नुभयो । देशका कर्मठ युवाहरूलाई विदेशीको दास बनाउने कार्य रोकिनुपर्ने विचार व्यक्त गर्दै उहाँले वर्गीय स्वार्थले अभिप्रेरित भई जिम्मेवारीबोधका साथ सङ्गठनको नीति निर्देशनको पालना गर्ने युवाहरूले समाज परिवर्तनको निम्ति असल नेतृत्व गर्नसक्ने धारणा प्रस्तुत गर्नुभयो । उहाँले पार्टी प्रकाशनहरूको अध्ययन र अन्तरक्रियालाई निरन्तरता दिँदै युवाहरूले सांस्कृतिक स्तरमाथि उकास्नुपर्ने आवश्यकतामाथि जोड दिनुभयो । केन्द्रीय सदस्य गोसाईले पुँजीवादी व्यवस्थाले निम्त्याएका विकृति र विसङ्गतिहरू तथा मानिसका गलत प्रवृत्तिविरुद्ध युवाहरू सचेत भई लाग्नुपर्ने र सामूहिक हक हितको लागि एकजुट हुन आह्वान गर्नुभयो ।
नेक्रायुसङ्घ भजिसका सचिव एच.एस. सुवालले विश्व युवा सिप दिवसको सान्दर्भिकताबारे बताउँदै देशको सार्वभौमिकता, सीमा अतिक्रमण, वैदेशिक हस्तक्षेप, महँगीविरुद्ध निरन्तर सङ्घर्षलाई अगाडि बढाउन युवाहरू सक्रिय रहनुपर्ने, आत्मनिर्भरता र स्वरोजगारको निम्ति राज्यले युवा केन्द्रित जीवनोपयोगी सिप र तालिम सञ्चालनमा जोड दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
नेमकिपा सूर्यविनायक नगर समिति अध्यक्ष सूर्यभक्त त्वातीले विदेशी शक्तिको आडमा बनेको गठबन्धन सरकारले जनतालाई सुशासन दिन असफल रहेकोे जिकिर गर्दै नेमकिपा समर्थित युवाहरूले आफूलाई विकल्पको रूपमा तयार गर्नुपर्ने बताउनुभयो ।
नेक्रायुसङ्घ सूर्यविनायक नगर समितिका अध्यक्ष रोशन मचामसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समिति सदस्य श्याम विसुन्के, आयोजक समिति सदस्य बुद्ध लामा, नेक्रायुसङ्घ चित्तपोल एकाइ अध्यक्ष विष्णुप्रसाद सुवाललगायतले बोल्नुभयो ।
Leave a Reply