शोभा प्रधानको स्मृति सभा तथा अन्तरक्रिया कार्यक्रम
- असार १९, २०८३
भक्तपुर, ३२ असार । नेपाल स्काउट, बाग्मती प्रदेश स्काउट स्थानीय स्काउट कार्यालय भक्तपुरको आयोजनामा कोभिड–१९ पदक वितरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल स्काउट बाग्मती प्रदेशका संयोजक शिवराम अर्यालले विश्वमा फैलिएको कोरोना भाइरसले मानव जीवनमा ल्याएको क्षति र चेतनाले त्राहिमाम भएको बेला विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य चेतना फैलाउने कार्यमा नेपाल स्काउटको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
“स्काउट एक शैक्षिक आन्दोलन भए तापनि सामाजिक स्वयम्सेवक संस्थाको रूपमा परिचित रहेको छ”, उहाँले भन्नुभयो ।
नेपाल स्काउट बाग्मती प्रदेशका सल्लाहकार रामगोपाल कर्माचार्यले निःस्वार्थ सेवा नै जनहितको लागि गरिएको योगदान भएकोले आफूप्रतिको कर्तव्य स्काउटले कहिलै भुल्न नहुने बताउनुभयो ।
कार्यक्रममा कार्यक्रम संयोजक बाग्मती प्रदेशका सदस्य अच्युत प्रजापति, स्थानीय स्काउट भक्तपुर नगरपालिकाका संयोजक कृष्णसुन्दर प्रजापति, स्काउट मास्टर पवनकुमार बल्ललगायतले बोल्नुभएको थियो । कार्यक्रममा १५७ जनाले कोभिड पदक पाएका थिए ।
कार्यक्रममा नेपाल स्काउट स्थानीय स्काउट कार्यालयको शौचालय व्यवस्थापन गर्न लायन्स क्लव अफ न्यातापोलको तर्फबाट रु. १,००००० क्लवका अध्यक्ष राजेन्द्रभुषण खयरगोलीले स्थानीय स्काउट कार्यालयका संयोजक कृष्णसुन्दर प्रजापतिलाई चेक हस्तान्तर गरिएको थियो ।
Leave a Reply