अध्यक्ष रोहितको चिनियाँ भाषामा अनुदित ‘जेलका चिठीहरू’ पुस्तकको विशेष समारोहबिच विमोचन
- श्रावण १, २०८३
देश स्वाधीन हुनुपर्छ, सार्वभौम सम्पन्न हुनुपर्छ । देशमा कुनै पनि शक्ति राष्ट्रको मुलुकको हस्तक्षेप हुनुहुँदैन । आक्रमण हुनुहुँदैन, दबाब दिनुहुँदैन । देश आत्मनिर्भर हुनुपर्छ । देशमा सुशासन र विधिको शासन हुनुपर्छ । देश भ्रष्टाचारशून्य हुनुपर्छ । सरकार या सत्तासीन दलका नेताहरू देश र जनताप्रति जिम्मेवार हुनुपर्छ । देशमा भ्रष्टाचार, कमिसन, कालाबजारी र ढिलासुस्ती नहोस् भन्ने आम जनताको चाहना हो । विकास योजनामा चुहावट नहोस् । सन्तुलित विकास होस् या विकास गाउँ–ठाउँमा पुगोस् भन्ने जनताको माग हो, चाहना हो । देश भ्रष्टाचारशून्य मात्र होइन गरिबमुक्त देश बनोस् । देश साक्षरमात्र होइन बुद्धिजीवीहरूको देश बनोस् । राजनीतिक र आर्थिक सङ्कट कहिल्यै नहोस् । जिल्ला–जिल्लामा विश्वविद्यालय होस्, अस्पताल होस् । रोजगारीको कारण कुनै पनि नेपाली विदेश जान नपरोस् । कहीँकतै खानेपानीको अभाव नहोस् । देशको यो समस्या छिट्टै समाधान होस् भन्ने चाहना हरेक नेपालीको रहेको छ ।
देशको अर्थतन्त्र दयनीय छ । भ्रष्टाचार घटेको छैन । देश विधि र पद्धतिमा चलेको छैन । महँगी बढेको बढेकै छ । युवाहरू विदेशिने क्रम राकिएको छैन । बिरामीहरू उपचार गराउन नसकेर मरिरहेका छन् । गरिबीको रेखामुनिका नेपालीहरू उत्तिकै छन् । निर्यातभन्दा आयात बढेको छ । जग्गा जमिन बाँझो छ । जग्गाजमिनको निम्ति आवश्यक सिँचाइको बन्दोबस्त छैन, रासायनिक मल समयमा उपलब्ध हुँदैन । कहिलेकाहीँ म्याद नाघेको या गुणस्तरहीन बिउ परेर धानको बोटमा दाना लाग्दैन, मकैको बोटमा घोगा लाग्दैन । कहिले बाढी पहिरोले ठुलो जनधनको क्षति हुन्छ । अधिक वर्षाको कारण डुबानमा पर्छ, घर खेत र गाईवस्तु बगाउँछ । कहिले असिना पर्छ र बालीमा क्षति हुन्छ । खेत पाखो बाँझो हुन्छ । कति गाउँ–ठाउँमा त खेतीपातीको काम गर्नमात्र होइन मलामी जान मान्छेको अभाव हुन्छ । बिरामीहरू जनस्वास्थ्य केन्द्र या अस्पतालमा नपुग्दै बिचमै अकालमा मृत्यु हुन्छ । खानेपानीको अभाव त्यत्तिकै छ ।
देशको निर्माण कार्यमा र कलकारखाना तथा उद्योगहरूमा विदेशी श्रमिकहरू भरिएका हुन्छन् । शोषित पीडित तथा गरिब जनताको उत्थान गर्ने, जीवनस्तर बढाउनेतर्फ सरकारको पटक्कै ध्यान गएको देखिँदैन । भ्रष्टाचारमुक्त समाज बनेको छैन । व्यापार घाटा छ । विकासमा कागजी लक्ष्यमात्र होइन समुन्नत र समावेशी नेपालका लागि ठोस नीति तथा कार्यक्रम आवश्यक हुन्छ । सत्तासीन दलका नेता र मन्त्रीहरूमा दृढ इच्छाशक्ति नभइकन देश समृद्धि बन्दैन, नेपाली सुखी हुनेछैनन् । सत्तासीन दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधिहरू इमानदार नभएसम्म, स्वच्छ पवित्रको मन नभएसम्म देशले निकास पाउँदैन । देशको यस्तो जल्दोबल्दो विषयमा सरकारको ध्यान खोइ ?
Leave a Reply