हर्मुजकेन्द्रित अमेरिकी आक्रमण अझ तीव्र
- श्रावण १, २०८३
कोलम्बो, २ साउन (एएनआई) । ‘इस्टर सन्डे’को आक्रमणबारे अनुसन्धानमा सघाउन श्रीलङ्काले बेलायतको सहयोग मागेको छ । ‘इस्टर सन्डे’ को आक्रमणबारे थप अनुसन्धानका लागि श्रीलङ्काका कार्यवाहक राष्ट्रपति रनिल विक्रेमेसिङ्घेले आफूले बेलायत सरकार र उनीहरूका गुप्तचर सेवाहरूको सहायताको लागि अनुरोध गरिरहेको सोमबार बताए ।
प्रधानमन्त्रीसमेत रहेका विक्रमासिङ्घेले ‘इस्टर सन्डे’ आक्रमणको अनुसन्धानका लागि बेलायतको सहयोग माग्नुले घटनाबारे यस पहिले सरकारले उचित अनुसन्धान नगरेको यस मुद्दाको पूर्ण समाधान भएको छैन भन्ने सङ्केत गरेको छ ।
‘इस्टर सन्डे’ को आक्रमणबारे छानविनका लागि गरिएको अनुरोधबारे कार्यवाहक राष्ट्रपतिको कार्यालयलाई उद्धृत गरी डेली मिररले समाचार छापेको छ ।
क्रिश्चियन धर्मावलम्बीहरूको पर्ब ‘इस्टर सन्डे’ का दिन सन् २०१९ को अप्रिल २१ मा श्रीलङ्काका तीनवटा चर्च र राजधानी कोलम्बोका तीन विलासी होटलहरूलाई एकपछि अर्को आतङ्कवादी आत्मघाती बम विस्फोटनको निशाना बनाइएको थियो ।
उक्त आक्रमणमा २५० भन्दा बढी मानिसहरू मारिएका र थुप्रै घाइते भएका थिए । ‘नेशनल थोहीथ जामाथ’ नामधारी स्थानीय आतङ्ककारी समूहले विनाशकारी उक्त आक्रमणहरूको लागि जिम्मेवार भएको दाबी गरेको थियो ।
Leave a Reply