विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
सङघ परिवार र भाजपाका मन्त्रीहरूका वाहियात र हाँस्यास्पद अभिव्यक्ति सुनेर नहाँसौँ किनभने तिनीहरू क्रमशः सरकारी नीतिमा फेरिन्छन् ।
हामी भारतीयहरू हाँस्यास्पद ठहरिएका छौँ । किनभने वरपर यति धेरै ताइँन तुइँका घटनाहरू घट्दै छन् । एउटा टेलिभिजन कार्यक्रमले आसामका मुसलमान आतङ्कवादीहरूले चलाएको ‘बाढी जिहाद’ अन्तर्गत् बाँध भत्काउनाले बाढी गएको दाबी ग¥यो । अरू मिडियाकर्मीहरूले यो दाबी ट्वीट गरे र भारतीय जनता पार्टीको ओबीसी सामाजिक सञ्जाल चलाउने राहुल सागरले पनि यो दाबीलाई सदर गरे । सरकारले बाँध भत्काएको आरोपमा चारजना मुसलमान धर्मावलम्बीलाई पक्राउ गरेको छ ।
राष्ट्रिय शिक्षा नीति कर्नाटका कार्यदलका प्रमुख मदन गोपालले न्यूटनको टाउकोमाथि स्याउ खसेको र पाइथागोरसको सुत्र दुवै ‘फर्जी समाचार’ थिए भने । पौराणिक कालका भारतीय विद्वानहरू ती विषयमा जानकार थिए भनेर उनले दाबी गरे । अर्थात्, यस विषयमा हिन्दूहरूले पहिल्यै चिन्तन गरेका थिए । यो सूचना आफूले अनलाइन प्रश्नोत्तर साइट त्तगयचब मा भेटाएको हुनाले शतप्रतिशत सही हो भन्ने उनको जोड थियो । राज्य सरकारले केन्द्रमा यस विषयमा आफ्नो सुझावपत्र पठाएको छ ।
यसबीच लोकसभा सचिवालयले ‘धोका’, ‘असक्षम’, ‘भ्रष्ट’ र ‘पाखण्ड’ जस्ता शब्दलाई असंसदीय भन्दै प्रतिबन्ध लगाएको छ । धेरै मानिसहरूले यो कुरा पत्याउनु र यसमा सहमति जनाउनु उदेकलाग्दो छ । ह्वाट्सएपका ‘विज्ञहरू’ ले आफूले यी ‘ऐतिहासिक दाबीहरू’ सत्य भएको प्रमाण पाएको निसङ्कोच बताउँछन् । आजभोलि वैदिक युगका वैज्ञानिक आविष्कारहरू खुब लोकप्रिय हुँदै छन् !
यी सबै घटना केही दिनअघिका मात्र हुन् । वाहियात कुराको सीमा छैन । सरकार र भाजपा अधिकारीहरूले यी दाबीहरू दोहो¥याएका छन् र सदर गरेका छन् । प्रधानमन्त्री मोदी आफै यस कोटीमा पर्छन् । सन् २०१४ मा वैज्ञानिक र डाक्टरहरूको भेलामा प्रम मोदीले गणेशको हात्तीको टाउको र कर्णको जन्मले धेरै शताब्दी अघि नै भारतमा जेनेटिक इन्जिनियरिङ र कस्मेटिक सर्जरी हुनेगरेको बताएका थिए । भाजपा सांसद सत्यपाल सिंह मुम्बईका पूर्व प्रहरी कमिसनर हुन् । उनले डार्विनका सिद्धान्तहरू मान्न अस्वीकार गरे र आफू (पुच्छरहीन बाँदर) एपको सन्तान नभएको बताए । रोगको उपचार गर्नुभन्दा मुत्रपान थेरापी उत्तम रहेको विषय संघ परिवारको धेरै पुरानो दाबी हो । यो वर्षको आरम्भमा मध्यप्रदेशका भाजपाका मन्त्रीले नरेन्द्र मोदीलाई भगवान् रामका अवतार भने ।
मूर्खताको पराकाष्ठा भन्दै तपाईँ यी दाबी सुनेर हाँस्न सक्नुहुन्छ । यिनै दाबीमा आधारित हजारौँ प्रचार सामग्रीहरू बनाइएको छ । यस्ता धेरै अभिव्यक्तिहरू नीति बनेका छन् । हाँस्यास्पद सुनिने कुराहरू नै विकराल बन्छन् । नसुनाएको चुटकिला सुनायो भनेर स्ट्यान्ड अप कमेडी कलाकार मुनवर फारूकीलाई पक्राउ गरियो । आरोप लगाउने व्यक्ति मध्यप्रदेशका भाजपाका मन्त्रीका छोरा थिए । निरन्तर चलिरहेका मुसलमानविरोधी साम्प्रदायिक कथाहरूले दुःखद परिणाम ल्याएका छन् । कहिलेकाहीँ यिनले समुदायको घेरा नाघ्छन् । आर्थिक बहिष्कारसँगसँगै ‘गुजरात दोहो¥याउँछौँ’ भन्ने धम्की पनि दिइन्छ ।
सन् १९३० को दशकमा अमेरिकी लेखक क्लारा लीजरले जर्मनीको भ्रमण गरिन् र धेरै राजनीतिक बन्दीहरूका जहानपरिवारसँग कुराकानी गरिन् । यी कुराकानीमा आधारित पुस्तक ‘लुनासी बिकम्स अस’ नाजी नेता, अनुयायी र समर्थकहरू तथा सहयोगी पत्रकारहरूले बोलेका बकम्फुसे र मूर्ख दाबीहरूको दस्तावेज हो ।
पुस्तक परिचित वाक्यबाट सुरू हुन्छ – ‘हाम्रा फ्युहररमाथि ईश्वरको कृपा छ ।’ यो भनाइ तत्कालीन जर्मन सांसद जुलियस स्ट्रीचरको हो । तिनताका उनले यहुदीविरोधी पत्रिका प्रकाशित गर्थे । पुस्तकभित्र मालिक जाति जन्माउनका निम्ति महिलाहरूको भूमिकाबारे विस्तृत विवरण पनि छापिएको छ । यस विषयमा डा. विलिबाल्ड हेन्स्चेलको सल्लाह यस्तो छ, “शुद्ध नश्लका हजार जर्मन केटीहरू जम्मा गर्ने । तिनलाई एउटा शिविरमा राख्ने । तिनलाई उत्तिकै शुद्ध नश्लका हजार जर्मन केटाहरू लगाउने । यस्ता एक सय शिविरहरू चलाएको खण्डमा एकै बेतमा एक लाख बच्चा जन्माउन सकिन्छ ।” एउटा पर्चा भन्छ, “आमा र बाबु, दुवैतिरबाट यशु आर्य हुनुहुन्थ्यो ।” कुख्यात डा. गोयबल्सले भने, “चरित्र निर्माणका लागि बौद्धिक गतिविधि हानिकारक छ ।”
अहिले हामीलाई थाहा छ, यिनै दाबीहरूबाट मानव इतिहासको एउटा कहालिलाग्दो अवधि सुरू भएको थियो । एडोल्फ हिटलरको देवत्वकरण र यहुदी, बुद्धिजीवीहरू र अन्य व्यक्तिलाई निरन्तर दानवीकरण गरेपछि नै हिटलरी नरसंहार चलेको थियो । भारतमा मुसलमानहरूलाई ग्यास च्याम्बरमा हालिएको छैन । जस्तो यहुदीहरूलाई नाजीहरूले हालेका थिए । तर धेरै अघिदेखि नै व्यवस्थित रूपमा उनीहरूविरूद्ध अभियानहरू चलाइएको छ । तिनको व्यापार व्यवसायलाई बन्द गरिएको छ । जसरी जर्मनीमा यहुदीविरोधी कानुनहरू लागू गरिएको थियो । माहोल कस्तो छ भने भारतमा पनि यातना शिविरहरू बनाएर पीडितहरू थुपारेको खण्डमा तिनीहरू सबै खलपात्रमा फेरिनेछन् र उनीहरूमाथि कसैले दया देखाउनेछैन ।
आज भारतमा मुसलमानहरू ‘अराष्ट्रिय’ र ‘विश्वासघाती’ हुन् भन्ने विचार कुनाकाप्चासम्म पुगेको छ । कट्टर सङ्घ परिवारको दिमाग मात्र भाँडिएको छैन । भर्खरै त्यसमा लागेका सहरी, शिक्षित र सुविधासम्पन्न परिवारहरूमा पनि यही रोग सारिएको छ । तिनीहरूको साम्प्रदायिक लुतो कन्याइएको छ र तिनलाई नबोल्ने तुल्याइएको छ । सङ्घ परिवारले गर्ने झुटा ऐतिहासिक दाबीहरूमा उनीहरू मुन्टो नुघाउन तयार छन् किनभने तिनीहरूभित्र लुकेका काला पूर्वाग्रहहरूलाई निर्धक्क राख्ने छुट दिइएको छ ।
प्रजातान्त्रिक मुलुकमा घृणा र शङ्कास्पद हत्याराहरूलाई उक्साउने यी व्यक्तिहरूलाई तत्काल पक्राउ गरिन्छ । तर भारतमा यिनलाई खुला छोडिएको छ र सम्मान समेत गरिएको छ । यो क्षमादान आकस्मिक होइन । तिनलाई जानाजान बढावा दिइएको हो किनभने तिनले भन्नै नसकिने कुराहरू भन्छन् । जति नै अवैध र रन्थनाउने कुरा भए पनि उनीहरूले मुख फोर्छन् । योगी आदित्यनाथले यस मामिलामा नरेन्द्र मोदीलाई पनि उछिनेका छन् । उनले पनि भन्न र गर्न नसक्ने धेरै कुरा भन्ने र गर्ने काम अन्य ‘मामुली व्यक्तिहरू’ लाई छोडिन्छ । बेलाबखत तिनले सीमा नाघ्छन् र राज्यले स्थिति सम्हाल्छ । यस्ता कार्यहरू नसहने भन्दै देखावा गर्छ । जस्तो नरसिंहानन्द गिरीले मुसलमानहरूको नरसंहार गर्ने आह्वान गर्दा यस्तै देखावा गरिएको थियो । तर यस्ता घटनामा राज्यले प्रायः नदेखेझैँ गर्छ ।
अल्पसङ्ख्यकहरूविरोधी अभिव्यक्ति दिने र हिंसा गर्नेबाहेक राज्यले उनीहरूविरूद्ध कानुन पनि लागू गर्छ । कुनैबेला स्वतन्त्र रहेका निकायहरूलाई कानुनी आड दिइएको छ । चाकरीबाज मिडियाहरूले धेरैभन्दा धेरै मानिसहरूबीच मुसलमानहरू ‘एक नम्बर शत्रु’ हुन् भनेर सन्देश छर्दै छन् । यतिबेला मूर्खता र दुष्टताबीचको रेखा पातलिँदै र मेटिँदै छ । हुन्न भन्नेहरूलाई शत्रु ठानिँदै छ ।
– The wire
अनुवाद : सुरेश
Leave a Reply