भर्खरै :

कमैयाहरूको जीवन सुनिश्चित हुनु आवश्यक

कमैया मुक्त घोषणा भएको २२ वर्ष भयो । तर, अझै सबै कमैयाहरूले परिचय पत्र पाएका छैनन् र सरकारी निर्णयअनुसार सेवा सुविधा पाइरहेका छैनन् । सरकारले कमैया मुक्त घोषणा गर्दा कमैयाहरूले नाचगान गरे, खुसी मनाए । तर, कमैया मुक्त घोषणा गरेको वर्षौँ बित्दा पनि उनीहरूले केही पाएनन् । उनीहरू जमिनदारहरूको घरबाट त निस्के । तर, कहाँ बस्ने, के खाने ? अनिश्चित भयो । कमैया मुक्त घोषणा गर्दा खुसी भएका, रमाएका कमैयाहरूले कैयौँ महिना खुला आकासमा बिताउनुप¥यो, जीवन झन् कष्टकर भयो, खाने, बस्ने, लाउनेको समस्या भयो । फलतः कमैयाहरू भोक, रोग र शोकले थला परे, कति चिसोले मरे त कति चिन्तै चिन्ताले बिते । मुक्त कमैयामध्ये केही जङ्गलमा बस्न थाले, कोही बगरमा त कोही कहाँ कहाँ ।
वर्षौँ बित्दा पनि मुक्त भनिएका कमैयाहरूले परिचय पत्र पाएनन् । पाउनेको पनि थोरै जग्गा, थोरै पैसा र थोरै काठको भरमा जीवन कसरी चल्थ्यो ? जमिनदारहरूले घरबाट निकालेलगत्तै कमैयाहरूले बस्ने बास, खाने दाना र लाउने लुगा पाएनन् । उनीहरू छटपटिए । मुक्तिको बेला खुसीले नाचगान गरेका कमैयाहरू पछि दुःख र पीडाको आँसु पिएर जीवन बिताउन बाध्य भए । कमैया मुक्त घोषणा गर्नुअघि नै सरकारले सबै पूर्वाधारहरू तयार गर्नुपथ्र्यो । कुनै पूर्वाधार तयार नगरी कमैया मुक्त घोषणा गरेको कारण पछि कमैयाहरू बिचल्लीमा परे । कमैया मुक्त घोषणा गर्नुअघि कमैयाहरूले जोतेको जग्गामा मोहियानी हक कायम गरी जमिन वितरण गर्नुपथ्र्यो । वर्षाँैदेखि जोत्दै आएको सो जग्गा उनीहरूलाई नै जोत्न दिनुपथ्र्यो । कमैया मुक्त घोषणा जग्गाको स्वामित्वबाट वञ्चित गर्ने ध्येयले भएको थियो । कमैया मुक्त कमैयाहरूको हितभन्दा सामन्त र जमिनदारहरूको हितमा थियो । त्यसकारण, त्यसबेलै नेमकिपाले कमैया मुक्त घोषणा धोका भएको बताएको थियो ।
छाना, दाना र नाना केही नभएका कमैयाहरूलाई घरबाट निकाल्दा र जग्गामा हक कायम नगर्दा उनीहरूको जीवन कष्टकर र विचल्ली हुनु स्वाभाविक थियो । कति कमैयाले लालपुर्जा पाए तर जग्गा थिएन । कतिको जग्गा बगरमा थियो त कतिको जङ्गलमा थियो । बालुवा र ढुङ्गैढुङ्गा भएको बगरमा कसरी बास बनाउने र के खेतीपाती गर्ने ! जङ्गलमा कसरी खेतीपाती हुन्छ ? कमैया मुक्त घोषणा कमैयाहरूलाई सुख सुविधा दिन होइन, दुःख पीडा दिन गरिएको रहेछ भन्ने थाहा भयो । अहिले पनि कति कमैयाहरू परिचय पत्र नपाएको दुखेसो पोख्छन् ।
कमैयाहरूसँग लालपुर्जा भयो । तर, त्यो लालपुर्जा बैङ्कमा राखेर ऋण लिन पाउँदैनथ्यो । त्यो पुर्जा दातइबिच भागबन्डा गर्न पाइँदैनथ्यो । थोरै जग्गा, थोरै काठ र थोरै अनुदान रकमले जीवन चल्दैनथ्यो । जग्गा बेच्न पाइँदैनथ्यो । कारणवस बसाइँ सर्नुप¥यो भने उनीहरूलाई समस्या हुन्थ्यो । उनीहरूले जग्गा बैङ्कमा धितो राखेर ऋण लिन पाएनन् र व्यवसाय गर्न पाएनन् । कमैयाहरूले जग्गा बन्धकी राख्न र भागबन्डा या नामसारी गर्न नपाउने व्यवस्था उनीहरूको अर्को समस्या थियो । जमिनमा छोराछोरीको हक पाउनुपर्छ भन्ने उनीहरूको माग हो । हाल बाँकी रहेका कमैयाहरूको पनि पुनस्र्थापना हुनुपर्छ । हरेक कमैयाहरूले स्वास्थ्य, शिक्षा र रोजगारीको बन्दोबस्त हुनुपर्छ या उनीहरूको जीवन सुनिश्चित गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *