नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
मस्को, ४ साउन (रएएफपी) । यूक्रेनमा रूसको सैन्य लक्ष्य ‘केवल’ पूर्वमा मात्र केन्द्रित नरहने रूसले जनाएको छ ।
विदेशमन्त्री सर्गेई लाभरोभले भने, “पश्चिमी हतियारको आपूर्तिले क्रेमलिनको अपेक्षामा परिवर्तन आएको छ ।” लाभरोभले राज्य सञ्चालित एक सञ्चारमाध्यमलाई दिएको अन्तर्वार्तामा भने, “अहिले भूगोल फरक छ । यो डोनेट्स्क पिपुल्स रिपब्लिक (डीएनआर) र लुगान्स्क पिपुल्स रिपब्लिक (एलएनआर) को बारेमा मात्र नभई खर्सन क्षेत्र, जापोरिज्हिया क्षेत्र र अन्य धेरै क्षेत्रहरूको बारेमा पनि हो । यो प्रक्रिया निरन्तर रूपमा चलिरहेको छ ।”
मस्को समर्थकको बाहुल्यता रहेको डोनेट्स्क र लुगान्स्क पूर्वी युक्रेनमा छन् । रूसी सेनाले दक्षिणी खर्सन क्षेत्र र दक्षिणपूर्वी क्षेत्र जापोरिज्हियाका केही भागहरूलाई पनि नियन्त्रण गरिसकेका छन् ।
लाभरोभका अनुसार मस्कोको लक्ष्य यूक्रेनलाई ‘नाजी र सैन्य’ मुक्त बनाउने पूरानो नै रहेको भए पनि मार्च २०२२ मा मस्को र कीभबीच इस्तानबुल वार्ता भएदेखि ‘भूगोल’ परिवर्तन भएको छ ।
रूसी विदेशमन्त्री लाभरोभले भने, “कीभलाई अमेरिका निर्मित हिमार्स क्षेप्यास्त्र प्रणालीलगायत पश्चिमी हतियारहरूको आपूर्तिपछि मस्कोले आफ्नो योजनाहरूको पुनरावलोकन गरेको उनले बताए । यदि पश्चिमले यूक्रेनलाई हतियार आपूर्ति गरिरह्यो भने रूसको भौगोलिक लक्ष्य वर्तमान रेखाबाट अझ टाढा जानेछ ।”
लाभरोभले भने, “हामी युक्रेनको भागलाई यूक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की वा उनका उत्तराधिकारीले नियन्त्रण गरेमा वा रूसी इलाका तथा आफू स्वतन्त्र भएको घोषणा गरिसकेका डोनेस्क र लुगान्स्कलगायतका ठाउँमा हतियार राख्दा तीे इलाकालाई प्रत्यक्ष खतरा उत्पन्न गर्ने भएकाले रूसले यसविरूद्ध लडिरहेको हो ।”
यूक्रेनमा भएको आक्रमणको सुरूवातमा राजधानी कीभ नियन्त्रणमा लिन नसकेपछि रूसले आफ्नो सैन्य आक्रमण डोनेट्स्क र लुगान्स्कका पूर्वी क्षेत्रमा केन्द्रित गरेको छ । जुलाईको सुरूतिर मस्कोले लुगान्स्कमाथि पूर्ण नियन्त्रण भएको घोषणा गरेको थियो ।
Leave a Reply