अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
ललितपुर, ४ साउन । नेपाल मजदुर किसान पार्टी ललितपुर जिल्ला समितिको आयोजनामा भ्रष्टाचारविरुद्धको आन्दोलनको स्मरण गर्दै सोमबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपा ललितपुरका जिल्ला अध्यक्ष राजवीर डंगोलले भ्रष्टाचारविरोधी आन्दोलनको सार्थकताबारे चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “२०२५ साउन २ गते भक्तपुरका क्रान्तिकारी किसानहरूले जालसाजी गर्ने भ्रष्ट आचरणका व्यक्तिहरूलाई जनतामाझ उदाङ्ग्याएको दिनलाई सम्झना गर्दै भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण गर्दै आएको हो ।”
नेमकिपा ललिपुरका उपाध्यक्ष अशोक महर्जनले नेमकिपाले भ्रष्टाचारविरूद्ध सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा विष्णुभक्त महर्जन, नरेश महर्जन, विकास महर्जन, प्रकाश, विनोद र ज्ञानभक्त देसारले पनि बोल्नुभएको थियो ।
यसैगरी नेमकिपा गोदावरी नगर समितिको आयोजनामा भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण गरियो ।
उक्त कार्यक्रममा नेमकिपा ललितपुरका उपाध्यक्ष अशोक महर्जनले भक्तपुरका क्रान्तिकारी किसानहरूले २०२५ र २०२६ सालमा गरेको भ्रष्टाचारविरुद्धको सङ्घर्ष पनि एक वर्गसङ्घर्ष हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले कामदार जनतालाई सचेत र सङ्गठित गरेकै कारण भ्रष्टाचारीहरू दण्डित भएका हुन् । नेमकिपाले सदा देश र जनताको पक्षमा सङ्घर्ष गर्दै आइरहेको छ । महाकाली सन्धि, माथिल्लो कर्णाली, एमसीसी सम्झौतालगायत देशघाती सन्धि सम्झौताको विरुद्धमा पनि नेमकिपाले सङ्घर्ष गर्दै आइरहेको छ ।
नेमकिपा ललितपुर जिल्ला समितिका सदस्य विष्णुभक्त महर्जनले भ्रष्टाचारीहरूलाई कारबाही गर्न जनतालाई सचेत पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ज्ञानभक्त देसारको सभापतित्वमा भएको उक्त कार्यक्रममा किरण महर्जन, विनोद देसारलगायतले पुँजीवादी व्यवस्थामा जनता सचेत भएमात्र भ्रष्टाचारीहरूलाई कारबाही गर्नसकिने बताउनुभयो ।
Leave a Reply