भर्खरै :

संरा अमेरिकाले सिनच्याङलाई झूटो निन्दा

पेइचिङ, जुलाई २१ (सीआरआई) । संरा अमेरिकी विदेश मन्त्रालयले हालै आफ्नो देशको सिनेटमा तथाकथित एली विसेल नरसंहार र अत्याचार रोकथाम ऐन–२०२२ प्रतिवेदन पेश गरेर अमेरिकी इतिहासमा पहिलो अत्याचारको पूर्वानुमान गर्ने, रोक्ने र सामना गर्ने रणनीति प्रकाशित गरेर सिनच्याङमाथि झूटा आरोप लगाएको छ ।
स्वर्गीय यहुदी अमेरिकी लेखक एली विसेल दोस्रो विश्व युद्धको नाजी नरसंहारमा बाँच्न सफल व्यक्ति हुन् र त्यसबाट मरेकाहरूको न्यायको लागि लडेका थिए । अमेरिकाले उनको नाममा तथाकथित ऐन बनाउनुको अर्थ चीनलगायत विभिन्न मुलुकको मानवअधिकारको निहुँमा झूटा कुरा फलाक्नु आफ्नो प्रभुत्ववादको खोजी गर्नु हो ।
उक्त प्रतिवेदनले गत जून २१ मा सञ्चालनमा ल्याइएको तथाकथित युगुर जबरजस्ती श्रम रोकथाम बिललाई मिलाएर मानवअधिकारको आधारमा सिनच्याङलाई विश्व औद्योगिक श्रृङ्खलाबाट हटाई सिनच्याङमा अस्थिर वातावरण बनाएर चीनको विकासलाई रोक्न खोजेको छ ।
वास्तवमा अमेरिकाले जुनसुकै प्रतिवेदन, रणनीति, बिल कार्यान्वयनमा ल्याउने प्रयास गरे पनि सिनच्याङमाथि झूटो निन्दा गर्न सकिरहेको छैन । किनभने, अन्तर्राष्ट्रिय समूहसमक्ष सुरक्षा, समृद्धि, खुलापनको बाटोमा विकास भइरहेको सिनच्याङ देखिएको छ, तथाकथित नरसंहार र जबरजस्ती श्रमलगायत दोषारोपण गरिएका विषयसँग कुनै पनि सम्बन्ध छैन ।
जुलाइको सुरूमा पाँच महादेशका १३ वटा मुलुकका उद्योग तथा व्यापार क्षेत्रका प्रतिनिधिले सिनच्याङको भ्रमण गरेको थिए । अमेरिकाका केही मानिसले जुनसुकै उपाय लगाए पनि सिनच्याङ र विश्वबिचको सम्बन्धलाई बिगार्न सम्भव छैन र तथ्य बुझ्नबाट अन्तर्राष्ट्रिय समुदायलाई रोक्न पनि सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *