नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
काठमाडौँ, ६ साउन । नेपाल नागरिकता ऐन, २०६३ संशोधन विधेयकलाई प्रतिनिधिसभाको बहुमतबाट पारित गरियो ।
विधेयक निर्णयार्थ प्रस्तुत हुँदा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विपक्षमा मत दिनुभयो ।
विधेयकको पक्षमा सत्ता गठबन्धनका नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपाले मत दिएका थिए । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले संशोधनसहित विरोधमा मन्तव्य दिए पनि विधेयक निर्णयार्थ पेश हुँदा मौन समर्थन गरेका थिए ।
२०६३ सालको नेपाल नागरिकता ऐनमा नेपाली नागरिकसँग विवाह गरेका विदेशी महिलाले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेश गर्नुपर्नेमा अहिलेका संशोधनमा ‘निजले तोकिएबमोजिमको स्वघोषणा’ राखिएको छ ।
नेपाल मजदुर किसान पार्टीले विदेशी महिलाले नेपालीसँग विवाह गरेको २० वर्षपछि नेपालको कुनै एक भाषा र संस्कृतिमा परीक्षा उत्तीर्ण गरेमात्र अङ्गीकृत नेपाली नागरिकता पाउन सक्ने संशोधन पेश गरेको थियो ।
गैरआवासीय नेपाली नागरिकलाई आर्थिक, सांस्कृतिक, सामाजिक अधिकारसहितको नेपाली नागरिकता तत्काल दिन नहुने नेपाल मजदुर किसान पार्टीको संशोधन थियो ।
यसलाई पनि बहुमतले अस्वीकार ग¥यो । नागरिकता विधेयक पारित गर्नुअघि गृहमन्त्री बालकृष्ण खाण एमालेको संसदीय दलमा गएर छलफल गरेको बताइन्छ ।
माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा नेकाका शेरबहादुर देउवाको नेतृत्वमा पाँचदलीय गठबन्धन सरकार गठन भएपछि एमसीसी सम्झौता पारित गर्ने, अरूण – ४, भारतलाई दिने र नागरिकता विधेयक पारित गर्नेलगायत देशघाती काम भइरहेको तर्फ जनता सचेत हुनु जरूरी छ ।
Leave a Reply