भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
जुम्ला, १४ साउन । नेपाल क्रान्तिकारी किसान सङ्घ जुम्ला जिल्ला समितिको आयोजनामा सङ्घको स्थापना दिवसको अवसरमा जुम्ला खलङ्गा बजारमा शनिबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले नेपालको कम्युनिस्ट आन्दोलनमा सङ्घले निर्वाह गरेको भूमिकाबारे प्रकाश पार्दै समाजवादी आन्दोलनको आवश्यकताबारे चर्चा गर्नुभयो ।
नेक्राकिसङ्घले स्थापनाकालदेखि नै किसानहरूको हक हितको निम्ति सङ्घर्ष गरिरहेको उल्लेख गर्दै उहाँले नेपाललगायत संसारका विभिन्न मुलुकमा विस्तारवादी र साम्राज्यवादी देश संरा अमेरिकाले गरिरहेको आक्रमण, अतिक्रमण र हस्तक्षेपको निन्दा गर्नुभयो ।
उहाँले भन्नुभयो, “हालै पारित भएको नेपाल नागरिकता विधेयकले नेपाललाई दूरगामी असर पार्नेछ, उक्त विधेयक खारेज गर्नुपर्छ ।”
नेमकिपा जुम्लाका अध्यक्ष पूर्णलाल खत्री र मानबहादुर बोहराले पनि बोल्नुभएको सो कार्यक्रमको सभापतित्व पूर्णबहादुर रावतले गर्नुभएको थियो ।
Leave a Reply