भर्खरै :

लोकेश्वर साकोसमा नृत्य प्रशिक्षण तथा साहित्य लेखन तालिम

भक्तपुर, १४ साउन । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उप–समितिको आयोजनामा भएको आधारभूत नृत्य प्रशिक्षण तथा साहित्य लेखन तालिम शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ ।
समापन कार्यक्रममा साविक भनपा वडा नं. १५ का पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले संस्थाबाट पहिलेदेखि नै सांस्कृतिक तथा साहित्यिक कार्यक्रमहरू गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष राजन जतिले संस्थाबाट आर्थिक कारोबारबाहेक विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
भनपा २ का जननिर्वाचित वडा सदस्य श्यामसुन्दर मातांले साहित्य एक राजनीतिक हतियार भएकोले अहिलेको राजनीतिक अवस्था सुधारका लागि साहित्य लेखनको माध्यमबाट आवाज उठाउन सक्ने कुरा राख्नुभयो ।
तालिमका प्रशिक्षक हरिसुन्दर छुकांले साहित्य लेखनको महत्वबारे प्रकाश पार्दै समुदायमा आधारित सहकारीले यस्ता तालिमहरूको आयोजना गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा प्रशिक्षार्थी महिलाहरूबाट नृत्य प्रस्तुत भएको थियो भने साहित्य लेखनका प्रशिक्षार्थीहरूबाट आ–आफ्नो सृजनात्मक साहित्य वाचन भएको थियो । उक्त कार्यक्रमको सभापतित्व संस्थाका सञ्चालक सदस्य एवं सांस्कृतिक उप–समितिका संयोजक कमलश्वरी सुवाल, व्यवस्थापक प्रशान्त मानन्धर र लक्ष्मीदेवी खर्बुजाले पनि बोल्नुभएको थियो ।
लोकेश्वर साकोसमा निःशुल्क आँखा तथा दन्त शिविर
लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को स्वास्थ्य उप–समितिको आयोजनामा शनिबार एक दिवसीय निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भयो ।
उक्त शिविरको औपचारिक कार्यक्रममा अतिथि श्यामसुन्दर मांताले समुदायमा आधारित संस्थाहरूले समाजलाई हित हुने स्वास्थ्य क्षेत्रसम्बन्धी कार्यक्रम निरन्तर गर्दै जानुपर्ने कुरा राख्नुभयो ।
संस्थाका सचिव कृष्णराम तुकंबन्जारले समुदायमा आधारित सहकारीको अपरिहार्यतालाई जोड दिँदै संस्थाले सामाजिक, सांस्कृतिक, स्वास्थ्य तथा सरसफाइजस्ता कार्यक्रमहरू नियमितरूपमा सञ्चालन गर्दै आएको बताउनुभयो ।
प्राविधिक धिरज अधिकारीले यस्ता शिविरले जनतामा स्वास्थ्य सजगता बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । सामुदायिक आँखा केन्द्र र ख्वप अस्पताल, च्याम्हासिंह भक्तपुरको प्राविधिक सहयोगमा सम्पन्न उक्त शिविरमा १३९ जनाले आँखा तथा ७७ जनाले दन्त परीक्षण गरेका थिए । उक्त शिविरमा स्वास्थ्य उपसमितिका सदस्यहरू रीता तुकंबन्जार र प्रज्वल खत्रीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *