तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
भक्तपुर, १४ साउन । चाँगुनारायण नगरपालिका ५ मा शुक्रबार नेपाल क्रान्तिकारी किसान सङ्घको ५५ औँ स्थापना दिवस मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपा जिल्ला समिति भक्तपुरका उपाध्यक्ष न्हुछेभक्त फोजूले नेपाल मजदुर किसान पार्टीले देश र जनताको हितमा निःस्वार्थरूपमा सेवा गर्दै आएको बताउनुभयो । पार्टीले कुनै पनि देशी तथा विदेशी डर, धम्कीको बहकाउमा पार्टीको नीति तथा कार्यक्रम ओझेलमा नपारी माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई अङ्गीकार गर्दै देशको माटो सुहाउँदो जनताको प्रजातन्त्र स्थापनाको निम्ति सङ्घर्षरत रहेको चर्चा गर्नुभयो । उहाँले अन्याय, अत्याचार, भ्रष्टाचारको विरोधमा जनतालाई सचेत र सङ्गठित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । हालै पारित नागरिकता विधेयक देशघाती भएको हुँदा त्यसविरुद्ध आन्दोलन गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले पार्टीको नीति निर्देशन पालना गरी किसान आन्दोलनबाट मोहीयानी हक सुरक्षा, बाली काट्ने आन्दोलन, भर्पाइ आन्दोलन, देशमै रासायनिक मल कारखाना स्थापना गर्न भइरहेको आन्दोलनबारे प्रस्ट पार्दै मोहीयानी हक सुरक्षाले किसानहरूको जीवनस्तर उठेको बताउनुभयो । जनतालाई सचेत र सङ्गठित गर्दै अघि बढ्दा मात्र पार्टीको आजु प्राप्त गर्न सहयोग पुग्नेबारे उहाँले प्रस्ट पार्नुभयो ।
कार्यक्रममा सभापति नारायणभक्त न्हेम्हापुकीले सरकारमा गएका पार्टीका मन्त्रीहरू कमिसनको प्रलोभनमा परी स्वदेशमै रासायनिक मल कारखाना खोल्न नचाहेको प्रस्ट पार्नुभयो । किसानहरूले समयमा मल÷बीउ नपाउँदा उत्पादनमा ¥हास भएको उल्लेख गर्दै उहाँले भारतबाट अन्न, तरकारी आयात गर्दा देशको खर्बाैँ रूपैयाँ विदेशिरहेको छ भन्नुभयो । उहाँले चाँगुनारायण नगरपालिकाको नगरभित्रका भूमि गैरकृषि क्षेत्र घोषणा गर्ने निर्णय किसानविरोधी भएकोले समयमै सोको विरोध गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समितिका उपाध्यक्ष गणेशराम सुवाल र सचिव सूर्यबहादुर फोजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply