भर्खरै :

अमेरिकी सरकार र संसद्लाई कुनै देशको शान्ति बिथोल्ने अधिकार छैन

काठमाडौँ, १८ साउन । नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा अमेरिकी सरकार र संसद्लाई कुनै पनि देशको शान्ति बिथोल्ने अधिकार नभएको उल्लेख गर्नुभयो ।
गुप्तचरी र प्रतिगुप्तचरीसम्बन्धी नेपाल विशेष ऐन, २०२५ संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सुवालले उक्त भनाइ राख्नुभएको हो । उहाँले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, शान्ति सुव्यवस्थामा संलग्न हुने कर्मचारीहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयबारे नेपालको दृष्टिकोण स्पष्टसँग राख्न सक्ने बनाउनु जरुरी भएको हुँदा सम्बन्धित विभागको राय लिएरमात्र विधेयक अगाडि बढाउनु उचित हुने उल्लेख गर्नुभयोे ।
“साम्राज्यवादीहरूले इराक र कुवेतबीच मतभेद गराई इराकविरुद्ध आक्रमण ग¥यो । चीनको अभिन्न अङ्ग थाइवानलाई उक्साउँदै अमेरिकी साम्राज्यवादले चीनलाई इराक बनाउने दुस्प्रयास गर्दै छ तर चीनलाई इराक बनाउन सक्दैन । चीनले थाइवान मामिलामा अमेरिकालाई आगोसँग खेले त्यसको परिणाम सुखद नहुने सचेत गरायो ।” सांसद सुवालले बैठकमा राख्नुभयो ।
सांसद सुवालले अमेरिकी संसद्का सभामुख नान्सी पेलोसीले साउन १७ गते थाइवान पुगेर अमेरिकी समर्थन र सम्मान गर्ने बताउनु थाइवानमा अमेरिकी साम्राज्यवादी नीति नछाड्ने धम्की हो भन्नुभयो ।
सांसद सुवालले अगाडि भन्नुभयो, “अमेरिकी प्रजातन्त्रको अर्थ उपनिवेश कायम गर्नु हो । अमेरिकी सरकारले नेपालको प्रजातन्त्र सुदृढ गर्ने कुरा उपनिवेश कस्ने चाल हो । अमेरिकाको राष्ट्रिय प्रजातान्त्रिक संस्था (एनडीआई) को सहयोग र एमसीसी सम्झौता अमेरिकी उपनिवेश कायम गर्ने विष खान नहुने हाम्रो मत हो । तर, सम्झौताको लगानी सित्तैमा आउने भनी गठबन्धन सरकारले खाएको पचाउन गा¥हो हुनेछ । नेपालमा गठबन्धन सरकारले व्याख्यात्मक घोषणा जोडेर एमसीसी सम्झौता बहुमतबाट पारित गरेको हुँदा परिणाम राम्रो नआउने स्पष्ट छ । संसारको काग कालो भएजस्तै साम्राज्यवादीहरूको नीति उस्तै हुन्छ । नाटो अमेरिकी साम्राज्यवादबाटै सञ्चालित हो ।”
बेलायती साम्राज्यवादले संसारमा २४० वर्ष साम्राज्य कायम गरेको उल्लेख गर्दै सांसद सुवालले अमेरिकी साम्राज्यवादको एउटै नीति संसारमा उपनिवेश कायम गर्नु नै हो भन्नुभयो ।
सांसद सुवालले स्पष्ट गर्नुभयो, “अमेरिकी सरकारले सभामुख पेलोसीको थाइवान भ्रमण तालिका सरकारको नभएको बताएको चीनमाथि अमेरिकी हमलाको निहुँ नै हो ।”
“अहिले संसारमा अमेरिकी सरकार बदनाम छ । रुसलाई बदनाम गर्न नै अमेरिकाले युक्रेनमा हतियार थुपा¥यो र युक्रेनमा रुसविरुद्ध आक्रमण ग¥यो । थाइवानबारे चीनको कुनै प्रतिकृया आए यसको दोषी अमेरिका हुनेछ ।” सांसद सुवालले जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published.