भर्खरै :

प्रम देउवाको पाँचवटै कार्यकाल देशघात !

प्रम देउवाको पाँचवटै कार्यकाल देशघात !

काठमाडौँ, १९ साउन । पाँचदलीय गठबन्धनका प्रधानमन्त्री एवं नेका सभापति शेरबहादुर देउवाले साउन १७ गते मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै राजनीतिक र प्रशासनिक नेतृत्व दुवैमा सुधारको खाँचो भएको उल्लेख गर्नुभयो ।
राजनीतिक नेतृत्वमा सुधारको खाँचो भएको औँल्याउन प्रधानमन्त्री देउवाको मत उनी आफैतिर तेर्सिएको छ । प्रशासनिक नेतृत्वको खाँचो उनले औँल्याएको तीर मुख्य सचिवतर्फ तेर्सिन्छ ।
पाँच–पाँच पटक प्रधानमन्त्री भएका नेकाका देउवाले देश र जनताको हितमा सम्झनलायक कुनै काम नगरेको स्पष्ट छ । यसकारण, प्रम देउवाले राजनीतिक नेतृत्वमा सुधारको खाँचो भएको उल्लेख गरी आत्मग्लानी महसुस गरेको हुनुपर्दछ ।
चालु आ.व.को बजेट निर्माणमा बिचौलिया प्रवेश गराई करको दर परिवर्तन गराइँदा १७ अर्ब रूपियाँ नीतिगत भ्रष्टाचार गरिएको, सिंहदरबार भ्रष्टाचारको अखडा भएको र आफूलाई जागिर छाडेर हिडूँजस्तो लागेको बताएको समाचार २–३ हप्ता अगाडि प्रकाशित भयो । प्रम देउवाको कार्यकालमा देशघाती महाकाली सन्धि पारित गरियो ।
अमेरिकी सरकारले अफगानिस्तानविरूद्ध आक्रमण गरेको बेला प्रम देउवाले अमेरिकी युद्धक विमानलाई काठमाडौँ विमानस्थलमा तेल भर्न दिने घातक अनुमति दिए । संयोग नै हो अमेरिकी युद्धक विमान तेल भर्न काठमाडौँ आएन । माओवादी गृहयुद्धको सङ्कटकालमा प्रम देउवाले संसद् भङ्ग गरी तत्कालीन राजालाई बुझाए । देशघाती एमसीसी सम्झौता प्रम देउवाले नै गरे र संसद्को बहुमतबाट पारित पनि गराए । युक्रेनमा रूसविरुद्ध अमेरिकी आक्रमणलाई प्रम देउवाले समर्थन गरी संरा सङ्घमा रूसको विपक्षमा मत दिए । अमेरिकी मन्त्रीलाई तिब्बती शरणार्थी शिविर जावलाखेलमा पठाएर नेपाल र चीनबीचको सम्बन्धमा नुनचुक दल्ने काम पनि प्रम देउवाले गरे । यसरी प्रम देउवाको पाँचवटै कार्यकाल देशघात सिद्ध भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *