भर्खरै :

नवदुर्गा भवानीको उद्गम द्योछेँ भक्तपुर नपालाई हस्तान्तरण

नवदुर्गा भवानीको उद्गम द्योछेँ भक्तपुर नपालाई हस्तान्तरण

भक्तपुर, १९ साउन । भक्तपुर नपा साविक ११ नं. वडा हाल वडा नं. ५ टौमढीको स्वाँमला मार्गभित्र अवस्थित सार्वजनिक पसःछेँ चोकमा रहेको कित्ता नं. १६७ को नवदुर्गा देवगणको उद्गम आगँछेँ भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
नवदुर्गा आगँछेँलाई गुठी, पर्व र पूजा अर्चना आदि प्रयोजनमा आगँछेँका गुठीयारहरूलाई प्रयोग गर्न दिने गरी गुठीयार सरोजप्रसाद वैद्यसमेतका गुठियारहरूले उक्त आगँछेँ भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिलाई २०७९ साउन १६ गते सोमबार हस्तान्तरण गर्नुभएको थियो ।
लामो समयदेखि संरक्षणको अभावमा लोपोन्मुख अवस्था रहेको उक्त आगँछेँ संरक्षणको लागि आगँछेँका गुठीयारहरूले उक्त जग्गा भक्तपुर नपालाई हस्तान्तरण गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
सार्वजनिक सम्पदा संरक्षणको जिम्मा नगरपालिकालाई दिएकोमा नगर प्रमुख प्रजापतिले आगँछेँका सम्पूर्ण गुठीयारहरूलाई धन्यवादज्ञापन गर्दै भक्तपुर नपाले नवदुर्गा देवगणको आगँछेँलाई विशेष महत्व दिई संरक्षण र संवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *