भर्खरै :

थाइवानबारे जी–७ को वक्तव्य ‘फोहोरको कागज’ – परराष्ट्रमन्त्री वाङ यी

थाइवानबारे जी–७ को वक्तव्य ‘फोहोरको कागज’ – परराष्ट्रमन्त्री वाङ यी

पेइचिङ, ५ अगस्ट । साँझ कम्बोडियाको राजधानी नोमपेन्हमा पूर्वी एसिया सहयोगसम्बन्धी परराष्ट्र मन्त्रीहरूको बैठक शृङ्खलाको क्रममा चिनियाँ राज्य परिषद्का सदस्य तथा परराष्ट्र मन्त्री वाङ यीले चाइना मिडिया ग्रुप (सीएमजी) का पत्रकारसँग विशेष अन्तर्वार्ता दिनुभएको छ ।
पश्चिममा जी–७ का देशहरूले एकसाथ भेला भएर थाइवान टापुको वर्तमान अवस्थाको बारेमा तथाकथित वक्तव्य जारी गरेको विषयमा चीनले कडा विरोध गरेको कुरा मन्त्री वाङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक मामिलामा गैर–हस्तक्षेप विश्वमा शान्ति तथा स्थिरता कायम राख्नको लागि सबैभन्दा आधारभूत सिद्धान्त हो । मलाई विश्वास छ कि यो तथाकथित वक्तव्य ‘फोहोरको कागज’ मात्रै हो ।”
मन्त्री वाङले भन्नुभयो, “देखेको कुरा के हो भने १ सत्न्दा बढी देशहरू आफ्नो भावना प्रकट गर्दै एक चीनको पक्षमा रहेका छन् । आफ्नो सार्वभौमिकता र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनलाई समर्थन गर्दै चीनमाथिको सार्वभौमसत्ताको उल्लङ्घनको विरोध गर्न अगाडि आएका छन् । संयुक्त राष्ट्रसङ्घले पनि बयान दिएको हामीले देखेका छौँ ।
राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस र उहाँका प्रवक्ताले क्रमशः संयुक्त राष्ट्र सङ्घको प्रस्तावना २७५८ लाई पालना गरिरहने बताएका छन् । सो प्रस्तावनामा एउटामात्रै चीन रहेको र थाइवान चीनको एक हिस्सा भएको कुरा प्रकट गरिएको छ । मलाई विश्वास छ कि यो अन्तर्राष्ट्रिय समुदायको वास्तविक साझा आवाज हो ।
जी–७ को थाइवानसम्बन्धी गलत वक्तव्यमा जापानको सहभागिताप्रति चीनको आपत्ति
चिनियाँ उपपरराष्ट्र मन्त्री तङ लीले चीनका लागि जापानी राजदूत तारुमी हिदेओलाई बोलाएर जी–७ विदेशमन्त्री र विदेश मामिला तथा सुरक्षा नीतिका लागि युरोपेली सङ्घका उच्च प्रतिनिधिले जारी गरेको थाइवानबारेको वक्तव्यलाई लिएर जापानसँग कडा विरोध गर्नुभएको छ ।
तङ लीले भन्नुभयो, “जापानले जी–७ र युरोपेली सङ्घ मिलेर थाइवानको बारेमा गलत वक्तव्य जारी गरी चीनमाथि अनुचित आरोप लगाएर चीनको बदनाम गरेको छ । यसरी चीनको आन्तरिक मामिलामा घोर हस्तक्षेप गरेको छ र यसबाट अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत मान्यता र चीन–जापान चार राजनीतिक सिद्धान्तहरूको गम्भीर उल्लङ्घन भएको छ । साथै अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर गलत सङ्केत पठाएको छ । चीनले यसको कडा विरोध र कडा निन्दा गर्दछ ।”
तङ लीले थाइवान चीनको अविभाज्य भाग भएको र थाइवान मुद्दा विशुद्धरूपमा चीनको आन्तरिक मामिला भएको औँल्याउनुभयो ।
त्यस्तै अगस्ट ४ मा चीनका परराष्ट्र उपमन्त्री तङ्लीले जी–७ समूहका विदेशमन्त्री तथा युरोपेली सङ्घको कूटनीतिक तथा सुरक्षासम्बन्धी उच्च प्रतिनिधिले थाइवानसम्बन्धी नकारात्मक विवरण व्यक्त गरेकोमा चीनका लागि सम्बन्धित युरोपेली मुलुक र युरोपेली सङ्घका राजदूतहरू बोलाएर कडा विरोध गर्नुभएको छ ।
अगस्ट ३ मा राति ती कूटनीतिज्ञले थाइवानसम्बन्धी नकारात्मक विवरण गरेको भन्दै उपमन्त्री तङले यस्तो वास्तविकतालाई बङ्गयाउँदा चीनको आन्तरिक मामिलामा हस्तक्षेप भएको र ‘थाइवान स्वतन्त्रता’ तथा पृथकतावादी शक्तिमा गलत सङ्केत गएकोले चीनले त्यसको कडा विरोध गरेको बताउनुभयो ।
‘एकमात्र चीन’ सार्वजनिक मान्यता प्राप्त भएको अन्तर्राष्ट्रिय आधारभूत नियम रहेको औँल्याउँदै उपमन्त्री तङले चीनले विभिन्न मुलुकसँग आदानप्रदान गर्ने राजनैतिक आधार पनि रहेको, चीनसँग दौत्य सम्बन्ध भएका मुलुकले थाइवानसँग कुनै पनि औपचारिक आदानप्रदान कायम नराख्ने विषयमा पनि उहाँले जोड दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *