भर्खरै :

लोक संस्कृतिको संरक्षण गर्न जेँलामा बाँसुरी प्रशिक्षण सुरु

लोक संस्कृतिको संरक्षण गर्न जेँलामा बाँसुरी प्रशिक्षण सुरु

भक्तपुर, २० साउन । श्वेत भैरव बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तीनमहिने बाँसुरी बाजा प्रशिक्षणको उद्घाटन कार्यक्रम बिहीबार भयो ।
स्थानीय लोकबाजा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सुरु गरिएको उक्त प्रशिक्षणको उद्घाटन कार्यक्रममा स्थानीय वडाध्यक्ष कृष्णप्रसाद कोजूले परम्परागत लोकसंस्कृति संरक्षण गर्ने अभिभारा युवायुवतीहरूको काँधमा आएको उल्लेख गर्नुभयो ।
संस्थाका अध्यक्ष रामप्रसाद खायमलीले परम्परागत वाद्यवादन प्रशिक्षण सञ्चालन गर्न अधिकांश सदस्यहरूको माग रहेकोले बाँसुरी बाजा प्रशिक्षण सञ्चालन गरेको उल्लेख गर्नुभयो ।
संस्थाका उपाध्यक्ष जितेन्द्र खायमलीले नयाँ पिँढीलाई कुलतबाट टाढै राख्न र सृजनात्मक गतिविधिलाई निरन्तरता दिँदै जाने बताउनुभयो ।
यसअघि यस संस्थाले धाँ बाजा, बाँसुरी बाजा पनि सिकाइसकेको जानकारी दिँदै आयोजक समितिका संयोजक विष्णुभक्त भैनात्वले स्थानीय लोकगीत र वाद्यवादनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ नयाँ पिँढीलाई लक्षित गरी बाँसुरी प्रशिक्षण कार्यक्रम राखिएको बताउनुभयो ।
तीनमहिने बाँसुरी प्रशिक्षणका सङ्गीत गुरु रभिक कपालीलाई बाँँसुरी बाजा हस्तान्तरण गरी उद्घाटन गरिएको उक्त कार्यक्रममा रत्न खायमलीलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *