भर्खरै :

हवाई आक्रमणमा गाजामा दोस्रो शीर्ष इस्लामिक जिहाद कमान्डर मारिए

हवाई आक्रमणमा गाजामा दोस्रो शीर्ष इस्लामिक जिहाद कमान्डर मारिए

गाजासिटी, २२ साउन (एएनआई/स्पुतनिक) । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा इस्लामिक जिहादका उच्च कमाण्डर खालिद मन्सुर मारिएको लडाकु समूहको सशस्त्र शाखा अल–कुड्स ब्रिगेडले जनाएको छ ।
शुक्रबार इजरायली रक्षा बल (आईडीएफ) ले उत्तरी गाजामा इस्लामिक जिहादका एक वरिष्ठ कमाण्डर तैसिर जबारी इजरायली हवाई हमलामा मारिएको पुष्टि गरेको छ । अल–कुड्स ब्रिगेडले आइतबार बिहान दक्षिणी गाजामा यसका उच्च–स्तरीय कमाण्डर खालेद मन्सुर शनिबार राति रफाह सहरमा इजरायली हवाई हमलामा मारिएको बताएको छ । आईडीएफले शुक्रबार गाजा पट्टीमा प्यालेस्टाइनी आन्दोलन इस्लामिक जिहाद विरुद्ध ब्रेकिङ डन नामक अपरेशन सुरु गरेको छ । जबरी इजरायली हमलामा मारिएपछि इस्लामिक जिहादका नेता जियाद नाखलाहले तेल अवीवमा क्षेप्यास्त्र आक्रमण गरेर बदला लिने धम्की दिएका छन् ।
त्यसयता इजरायलले गाजा स्ट्रिपमा क्षेप्यास्त्र हमला र नयाँ आक्रमणहरू सुरु गर्दै आएको छ ।
प्यालेस्टिनी एन्क्लेभको स्वास्थ्य मन्त्रालयले शनिबार इजरायलको अपरेशन ब्रेकिङ डनअन्तर्गत गाजापट्टीलाई लक्षित गरी गरिएको हवाई आक्रमणमा कम्तीमा २४ जनाको मृत्यु भएको र २०३ जना घाइते भएको बताएको छ ।
दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा परी आफ्ना वरिष्ठ कमाण्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले पनि आइतबार पुष्टि गरेको छ ।
नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको भग्नावशेष घण्टौँसम्म खनेपछि मन्सुर र उनका धेरै साथीको शव निकालेको प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
इजरायल तथा गाजा क्षेत्रमा दुई दिनयता हिंसा भड्किएको बताइएको छ । सो हिंसामा परेर दुई दिनयता २४ जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका छन् ।
गाजामा चर्किएको हिंसामा परेर २४ जना प्यालेस्टाइनी मारिएका समाचारमा जनाइएको छ । यसरी मारिनेमा छ जना बालबालिका र दुई जना महिला पनि परेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा ती प्यालेस्टाइनहरूको ज्यान गएको बताइएको छ । यस पछिल्लो कारबाहीका क्रममा अरु दुई सयजना भन्दाबढी घाइते भएका छन् ।
यसअघि सन् २०२१ को मेमा भएको युद्धमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ युद्धविराम सम्झौता गरेर युद्ध रोक्ने पहल भएको थियो । त्यसपछि रोकिएको युद्ध पछिल्ला केही दिनमा पुनःसुरु भएको छ ।
इजरायली सेनाले दक्षिणी गाजा स्ट्रिपमा रहेको एक घरमा हमला गरेका थिए । उक्त हमलामा परेर केही प्यालेस्टाइनी मारिएका छन् र ३० जना घाइते भएका थिए । शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका सदस्यलाई पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *