भर्खरै :

एमसीसीले गर्दा देश युद्धभूमि हुने खतरा बढ्यो

एमसीसीले गर्दा देश युद्धभूमि हुने खतरा बढ्यो

कैलाली, २३ साउन । नेपाल मजदुर किसान पार्टीको आयोजनामा जानकी गाउँपालिका वडा नं. ४ कञ्चनपुरमा शुक्रबार कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुुर शाहीले एमसीसी र नागरिकता विधेयक पास गर्ने र पास गर्न संलग्न पार्टीहरू भारतीय र अमेरिकी दलाल पार्टी भएको प्रस्ट पार्नुभयो ।
उहाँले एमसीसीले गर्दा देश युद्धभूमि हुने खतरा बढेको बताउनुभयो ।
उहाँले साम्राज्यवादी अमेरिका आफू शक्तिशाली भइरहन जस्तोसुकै खराब काम गर्न पनि पछि नहट्ने बताउनुभयो ।
अमेरिकाले एमसीसीमार्फत देशमा रहेको प्राकृतिक स्रोत साधन कब्जा गर्ने र चीनलाई तारो बनाएर नेपाललाई युक्रेनजस्तै युद्धभूमि बनाउने कुरा उहाँले बताउनुभयो ।
नेक्राशिसङ्घका कैलाली अध्यक्ष गुप्तबहादुर शाहीले भर्खरै सदनबाट पास भएको नागरिकता विधेयक देशघाती भएको जानकारी दिँदै नागरिकतालाई हल्कारूपमा बाँड्दा आफ्नो अस्तित्व नै मेटिने बताउनुभयो ।
उहाँले ‘राजनीतिक कार्यकर्ता बन्ने भाइबहिनीलाई चिठी’ पुस्तकबारे जानकारी दिँदै कार्यकर्ताले हरेक कुराको जानकारी पाउनुपर्ने र जस्तोसुकै परिस्थितिमा पनि आफू चल्नसक्ने हुनुपर्दछ भन्नुभयो ।
उहाँले जबसम्म काम गरी खाने मजदुर र किसानहरू राजनीतिमा सामेल हुँदैनन् तबसम्म पुँजीपति वर्गको राज्य व्यवस्था नआउने जानकारी दिनुभयो ।
नेक्राविसङ्घ कैलालीका अध्यक्ष हिक्मत भण्डारीले नेक्राविसङ्घले माक्र्सवाद लेनिनवाद र माओत्सेतुङ विचारधारालाई मार्ग निर्देशक सिद्धान्त आत्मसात गरी काम गरी खाने जनताका छोराछोरीहरूले निःशुल्क तथा अनिवार्य र उत्पादन श्रमसँग जोडिएको शिक्षाको निमित्त आन्दोलन गरिरहेको जानकारी दिनुभयो ।
उहाँले छोराछोरीहरू कुलतमा लाग्न नदिनको निमित्त आमा बुबाले आफ्ना छोराछोरी कहाँ जान्छन्, कसको सङ्गत गर्दछन् भन्ने कुराको हेक्का राखेमात्र छोराछोरीलाई सही बाटोमा ल्याउन सकिने बताउनुभयो ।
कार्यक्रममा कार्यक्रमका सभापति रमेशकुमार रावलले एमसीसी, एसपीपी र नागरिकता विधेयकको बारेमा जनताको घर–घरमा गएर सम्पूर्ण नागरिकलाई बुझाउनुपर्ने जानकारी दिनुभयो ।
उहाँले सम्पूर्ण देशभक्त नागरिक एक भएर समाजवादी व्यवस्थाको निम्ति लड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेमकिपा कैलाली सचिव गगनबहादुर थापामगरले पनि बोल्नुुभएको थियो ।
भेलाले सीताराम पण्डितको अध्यक्षतामा ११ सदस्यीय नेमकिपा जानकि गा.पा. वडा नं.४ गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *