भर्खरै :

डोलेश्वरमा मिनिबस पल्टिँदा १४ जना घाइते

डोलेश्वरमा मिनिबस पल्टिँदा १४ जना घाइते

भक्तपुर, २३ साउन । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नंं ८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वरमा बस पल्टिएको छ ।
साउन महिनाको हरेक सोमबार लाग्ने मेलामा डोलेश्वर मन्दिर पुगेर फर्किएको बा ३ ख ३७८४ नम्बरको बस सोमबार दिउँसो पल्टिएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त जगातिका अनुसार डोलेश्वर मन्दिरको दर्शन गरी फर्किएको बस सूर्यविनायक नगरपालिका वडा नंं ८ को वडा कार्यालय नजिकै पल्टिएको हो । प्रहरीका अनुसार सो बस आफै अनियन्त्रित भएर पल्टिएको हो ।
डोलेश्वर– वडा कार्यालय सडक खण्डमा बस पल्टिँदा १४ जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ ।
प्रहरीका अनुसार बस पल्टिँदा १४ जना सामान्य घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भएको प्रहरीले जनाएको छ ।
घटना करिब १ बजेतिर भएको प्रहरीले पुष्टि गरेको छ । सोबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *