भर्खरै :

कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथग्रहण

कोलम्बियाको पहिलो वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोद्वारा सपथग्रहण

बोगोटा, ८ अगस्ट (एएफपी) । गुस्ताभो पेट्रोले आइतबार कोलम्बियाको राष्ट्रपतिको रूपमा सपथग्रहण गर्नु भएको छ । उहाँ कोलम्बियाको वामपन्थीहरूको तर्फबाट कोलम्बियाको पहिलो राष्ट्रपति हुनुभएको छ । उहाँको सपथग्रहण समारोहमा लाखौँ व्यक्ति जम्मा भएका थिए ।
“कोलम्बियाको संविधान र कानुनलाई इमानदारीपूर्वक लागू गर्न म भगवानसँग कसम खान्छु र जनतासँग प्रतिज्ञा गर्छु,” ६२ वर्षीय पेट्रोले सपथग्रहणका क्रममा भन्नुभएको छ ।
उहाँले दशकौँदेखि लागुऔषधविरुद्धको प्रयासलाई लक्षित गर्दै लागूऔषध विरुद्धको युद्ध असफल भएको कुरालाई मान्यता दिने नयाँ अन्तर्राष्ट्रिय महासन्धि गर्नुपर्ने बताउनुभएको छ ।
वन विनाशबाट पीडित कोलम्बियाको अमेजन नदी क्षेत्रका बासिन्दालाई मद्दत गर्न अन्तर्राष्ट्रिय कोष स्थापना गर्न पनि उहाँले आह्वान गर्नुभएको छ ।
पेट्रोले आफ्नो चार वर्षको कार्यकालमा धनीहरूमाथि कर बढाउने, स्वास्थ्य सेवा र शिक्षामा लगानी गर्ने र गत वर्ष अन्तर्राष्ट्रियरूपमा निन्दा भएको असमानताविरोधी ‘क्र्याक’ मा सुधार गर्ने वाचा गर्नुभएको छ ।
भेनेजुयाली राष्ट्रपति निकोलास मदुरोले पेट्रोलाई भिडियोमार्फत बधाई दिँदै भन्नुभएको छ, “म कोलम्बियाका जनतालाई र राष्ट्रपति गुस्ताभो पेट्रोलाई दुई देशका जनताको सम्मान र प्रेमको आधारमा भाइचाराको पुनर्निर्माण गर्न मेरो हात बढाउनेछु ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *