भर्खरै :

कुरामा होइन काममा विश्वास गरौँ !

कुरामा होइन काममा विश्वास गरौँ !

मानिसको चिनारी कुरा, भाषणले होइन उसको काम, व्यवहार र परिणामले दिन्छ । मानिसहरू आफू प्रकाशमा नआएर भित्रभित्रै समाजको लागि निःस्वार्थ काम गरिरहेका हुन्छन् । यो प्रवृत्ति र संस्कारले समाजको परिवर्तन र विकासको काममा तिव्रता र ठोस योगदान पुग्न जानेछ । समाजमा केही त्यस्ता मानिसहरू पनि हुन्छन् जो प्रकाशमा आउँछन्, प्रचारमा आउँछन् र सबैको अगाडि चिनाउने ठाउँमा आउने प्रयास गर्छन् । यस्तो प्रवृत्तिले समाज परिवर्तन र दिगो विकास होइन अधोगतिमा जानेछ । यस्ता मानिसहरू व्यक्तिगत फाइदा हुने भए अगाडि आउँछन् र नदेखिए बहाना बनाएर पछाडि भाग्ने गर्दछन् । यस्तो मानिसले केबल कुराले लङ्का मार्छ तर कामले एउटा सिन्को भाँच्दैन । आफ्नो नाम हुने, प्रचार हुने, लाभ हुने भए कार्यक्रम या काममा समयमै आउने तर नाम र प्रचार नहुने भए, व्यक्तिगत लाभ नहुने भए विभिन्न बहाना बनाएर आउँदैनन्, आए पनि ढिलो आउने गर्दछन् । यो तस्बिर जनताले देखिरहेका छन् ।
शासक दलका नेता, कार्यकर्ताहरू, सामाजिक अभियन्ताहरू टेलिभिजनको क्यामेरा आफूतिर सोझिनुपर्ने, क्यामेरा अगाडि आएपछि मुट्ठी कसेर नारा लगाउने, चर्काे स्वरले भाषण गरेर सक्रियतापूर्वक काम गरेको जस्तो देखाउँछन् । शासक दलहरूले राम्रोसित छलफल नै नगराइकन देशभरका जनताको विरोध हुँदाहुँदै पास गरिदिए । त्यस्तै देशघाती नागरिकता विधेयक पनि यिनीहरूले पास गरे । यो उनीहरूको देशभक्तिको नाटक हो, एक प्रकारको बेइमानी, ठगी र पाखण्डी हो । यसैले कुरामा होइन काम या परिणाममा विश्वास गरौँ । आगामी निर्वाचनमा उनीहरूलाई हराएर दण्डित गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *