भर्खरै :

एकै दिन दुई पटक गणपूरक सङ्ख्या पुगेन

एकै दिन दुई पटक गणपूरक सङ्ख्या पुगेन

काठमाडौँ, साउन २९ गते । प्रतिनिधिसभाको ५४ औँ बैठक गणपूरक सङ्ख्या नपुगेपछि दुईपटक स्थगित भयो । सार्वजनिक ऋण व्यवस्थापन विधेयक निर्णयार्थ प्रस्तुत हुँदा नेपाल मजदुर किसान पार्टीका सांसद पे्रम सुवालले गणपूरक सङ्ख्या यकिन गर्न सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकषर्ण गराउनुभयो ।
सभामुख सापकोटाले तीन मिनेट घण्टी बजाउन लगाई गणपूरक सङ्ख्या यकिन गर्दा कूल २७५ सांसदमध्ये ६७ मात्र उपस्थित भएको हुँदा बैठक १५ मिनेटको लागि स्थगित गर्नुभयो । गणपूरक सङ्ख्याको लागि ६९ सांसद आवश्यक थियो ।
पन्ध्र मिनेटपछि भएको बैठकमा सांसद सुवालले गणपूरक सङ्ख्या यकिन गर्न सभामुख सापकोटाको ध्यानाकर्षण गराउनुभयो । तीन मिनेट घण्टी बजाई गणपूरक सङ्ख्या यकिन गर्दा ६७ सांसदमात्र उपस्थित भएको हुँदा बैठक साउन ३१ गते बिहान ११ बजेको लागि स्थगित गरियो ।
बिहान ११ बजे सुरू भएको बैठकमा सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक निर्णयार्थ प्रस्तुत हुँदा सांसद सुवालले गणपूरक सङ्ख्या यकिन गर्न माग गर्नुभयो । गणपूरक सङ्ख्या ९० पुगेपछि बैठक अगाडि बढाइएको थियो । सो विधेयक साउन २४ गते गणपूरक सङ्ख्या नपुगेको हुँदा पारित नभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *