तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
सुर्खेत, २९ साउन । नेपाल मजदुर किसान पार्टी वीरेन्द्रनगर नगर समितिको आयोजनामा क्युवाली क्रान्तिका नायक एवं पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोको ९६ आँै जन्म दिवसको अवसरमा ‘चीनविरुद्ध संयुक्त राज्य अमेरिकाको व्यापार युद्ध’ विषयमा अन्तरक्रिया कार्यक्रम हालै सम्पन्न भयो ।
नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले साम्राज्यवादविरोधी सङ्घर्षका अथक योद्धा एवं क्युवाली समाजवादी क्रान्तिका नायक फिडेल क्यास्ट्रोको जीवनी संसारका प्रगतिशील जनताको निम्ति शिक्षा हुने बताउनुभयो ।
संसारमा युद्ध र विद्रोह गराएर हतियारको व्यापार गर्ने संरा अमेरिकाको नीतिको उहाँले विरोध गर्नुभयो ।
आयोजक समितिका संयोजक शेरबहादुर शाहीको सभापतित्वमा भएको उक्त कार्यक्रममा गोविन्दनाथ योगी, गणेश खड्का, मनबहादुर विक, निरकबहादुर शाही, टीकाप्रसाद पोखरेल, अङ्गबहादुर शाही, बिजुकला राना, अमर भण्डारी, रवीन्द्र भण्डारी, डिल्लीप्रसाद थानी, तिलक आचार्य र केशव शाहीले पनि बोल्नुभएको थियो ।
Leave a Reply