भर्खरै :

बोडेमा नीलबाराही नाच प्रारम्भ

बोडेमा नीलबाराही नाच प्रारम्भ

भक्तपुर, ३० साउन । बोडेको नीलबाराही नाच साउन २८ गतेदेखि सुरु भयो । यो नाच साउन ३१ गते सकिन्छ । प्रत्येक वर्ष गुँला गा द्वितीयादेखि पञ्चमीसम्म यो नाच नचाइन्छ । यस नाचमा १९ जना देवता हुन्छन् ।
त्यसमध्ये भैरव १, बाराही ४, कुमारी ४, सिंहिनी ४, द्वारपाल २, गणेश ४ जना हुन्छन् । प्रत्येक देवताको समूहको छुट्टाछुट्टै पहिरन हुन्छ । यस नाचमा ८९ जना देवगणहरू तथा मानिस सम्मिलित हुन्छन् । जसमा प्रत्येक देवगणको छुट्टाछुट्टै सहयोगी हुन्छन् ।
यस नाचका देवगणहरूले बोल्न नहुने मान्यता छ । पानी परेमा ओतसमेत लाउन नहुने धारणा छ । आफ्नो घर नफर्कुञ्जेलसम्म खान पनि नहुने मान्यता छ । यस नाचमा ८९ जना संलग्न मानिस र देवगणहरू अनुशासित भएर यो नाच नाच्छन् । यो नाच राजा सुवर्ण मल्लले सञ्चालन गरेको इतिहास पाइन्छ । यो नाच सुरु भएको ५०९ वर्ष भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *