भर्खरै :

नेमकिपा नेपालगञ्ज उपमहानगर सम्मेलन सम्पन्न

बाँके । नेपाल मजदुर किसान पार्टी नेपालगञ्ज उपमहानगरपालिकाको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै नेमकिपा बाँके जिल्ला समितिका संयोजक बखत थापाले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमबारे जानकारी गराउँदै देशघाती एमसीसी लगायत देशघाती सन्धि सम्झौता र नागरिकता विधेयकको विरुद्धमा नेमकिपाले सदन र सडकमा सङ्घर्ष गर्दै आइरहेको चर्चा गर्नुभयो । उहाँले देश सिक्किमीकरणको बाटोमा गइरहेकोले देशभक्त जनता अब एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले जनता देशघाती एमसीसी सम्झौताको विरोधमा भए तापनि देशघाती सत्तासीन दलहरूले पारित गर्नुले उनीहरू अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादका दलाल साबित भएको प्रस्ट्याउनुभयो ।
उहाँले थाइवान घटनाक्रमबारे स्पष्ट पार्दै अमेरिकाले मुख्य शत्रुको रूपमा हेरिरहेको शक्ति सम्पन्न राष्ट्र चीनलाई घेर्ने र युद्धमा अल्झाई महाशक्ति राष्ट्र हुनबाट रोक्ने नियत प्रस्ट भएको बताउनुभयो ।
सम्मेलनमा प्रकाश शाह, गौरीकान्त आचार्य, प्रकाश शाही र नवीनकुमार शाहीले पनि समसामयिक राजनीतिक विषयमा चर्चा गर्नुुभएको थियो ।
सम्मेलनमा वीरबहादुर चौधरी, भावना थापा, तुल्सी आचार्य, हिराबहादुर शाही, कोकिला शाही, कोहलपुर नगर अध्यक्ष अञ्जीरबहादुर शाही, लोकबहादुर डाँगी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नगर संयोजक डिल्लीबहादुर पुनको सभापतित्वमा सम्पन्न सम्मेलनमा रुपेश श्रेष्ठले पनि बोल्नुभएको थिया ।
सम्मेलनको बन्दसत्रले डिल्लीबहादुर पुनको अध्यक्षतामा ९ सदस्यीय नगर समिति चयन गरेको छ । यसैक्रममा सोही दिन जिल्ला सदस्य खड्गराज थापाको संयोजकत्वमा ५ सदस्यीय नेपाल क्रान्तिकारी मजदुर सङ्घ जिल्ला समिति पनि गठन भएको छ ।
यसैगरी नेमकिपा बैजनाथ गाउँपालिका बाँकेको प्रथम गाउँपालिका सम्मेलन गत सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा बाँकेका संयोजक बखत थापाले देशमा सुशासन ल्याउनको लागि समाजवादी व्यवस्था स्थापना गर्नु अनिवार्य भएको बताउनुभयो । नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत रहेको उहाँले चर्चा गर्नुभयो ।
जयबहादुर बुढाको सभापतित्वमा भएको कार्यक्रममा डिल्लीबहादुर पुन, गौरिकान्त आचार्य, अञ्जीर शाही, कोकिला शाही, हिराबहादुर शाही, लोकबहादुर डाङ्गी, रुपेश श्रेष्ठ, वीरबहादुर थारु, नगेन्द्र बुढा, दिपा बुढा लगायतले बोल्नुभएको थियो । कार्यक्रम मोहनलाल थापाले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *