भर्खरै :

रौतहटमा नागरिकता विधेयकविरुद्ध सभा

रौतहटमा नागरिकता विधेयकविरुद्ध सभा

रौतहट, २ भदौ । “विदेशी नागरिकहरूले सहज नागरिकता पाउने राष्ट्रहित विपरीतको नागरिकता विधेयकको समर्थन गर्नेहरू राष्टघातीहरू हुन् । उनीहरूलाई इतिहासले माफी दिनछैन ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेमकिपा रौतहट जिल्ला समितिद्वारा नागरिकता विधेयकको विरोधमा रौतहटको देवाहीमा आयोजित सभामा व्यक्त गर्नुभएको हो ।
“शासक दलहरूले संसद्बाट नागरिकता विधेयक पारित गरी देशघाती कार्य गर्न खोजेको हुँदा नेमकिपाले विगतदेखि नै सदन र सडकमा खबरदारी गरिरहेको छ । नागरिकता विधेयक खारेज नहुञ्जेल जनताको विरोध जारी रहनेछ”, उहाँले भन्नुभयो ।
नेमकिपालाई समूल नष्ट गर्न पञ्चायती राज्य स्तरबाट २०४५ भदौ ९ गते रचिएकोे षड्यन्त्रको भत्र्सना गर्दै केन्द्रीय सदस्य प्रजापतिले यस्ता घटनाबाट शिक्षा लिई कार्यकर्ताहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
माक्र्सवादी सिद्धान्त र विचार छाड्नेहरू कम्युनिस्ट हुन नसकिने धारणा राख्दै प्रमुख प्रजापतिले विचार सानो र ठूलो नहुने स्पष्ट पार्नुभयो ।
उहाँले प्रश्न गर्नुभयो, “पैसा बाँडेर, भोज खुवाएर वा प्रलोभनमा पारेर निर्वाचन जित्नेहरू कसरी कम्युनिस्ट हुन सक्छन् ?”
प्रमुख प्रजापतिले पुँजीवादी व्यवस्था कामदार वर्गका जनताको लागि ‘नर्क’ जस्तै हुने हुँदा कामदार वर्गको हित हुने समाजवादी व्यवस्था स्थापनाको लागि अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा रौतहट जिल्ला समितिका अध्यक्ष दिनेशप्रसाद साहले नेमकिपाले देश र जनताको हितमा गरिरहेको कार्य ठूला दलहरूलाई टाउको दुखाईको विषय भएको बताउनुभयो ।
नेमकिपाले भारतीय जनताको होइन भारतीय भारतीय शासकहरूको विरोध गरिरहेको स्पष्ट पार्दै उहाँले सिद्धान्त र विचारको राजनीति गर्ने एक मात्र नेमकिपा रहेको उल्लेख गर्नुभयो ।
ठूला पार्टीहरू निर्वाचनमा पैसा, पद र प्रलोभन देखाई चुनाव जित्ने दाउ खोजिरहेको हँुदा जनता सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सहसचिव जगनाथ सुजखुले नेमकिपाले कामदार वर्गको हितको निम्ति स्थापना कालदेखि निरन्तर कार्य गर्दै आएको उल्लेख गर्नुभयो ।
भदौ ९ ‘भक्तपुर काण्ड’ भत्सर्ना गर्दै सो दिनलाई कालो दिनको रुपमा पार्टीले जनतालाई राजनीतिकरुपमा सचेत पार्ने कार्य गरिररहेको उहाँले बताउनुभयो ।
नेपाल ईन्जिनियरिङ समाजका उपाध्यक्ष नरेश खत्रीले नागरिकता बस र सिनेमाको टिकट होइन, गैरनेपालीलाई सजिलै नागरिकता बाँड्न नहुने बताउनुभयो ।
नेमकिपाले निर्वाचनलाई देश र जनताको सेवा गर्ने मञ्चको रूपमा प्रयोग गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणलाई प्रमुख प्राथमिकतामा राख्दै समाजवादउन्मुख काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य सरोज साहले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *