भर्खरै :

तालिबानद्वारा काबुल मस्जिद आक्रमणको निन्दा

तालिबानद्वारा काबुल मस्जिद आक्रमणको निन्दा

काबुल,२ भदौ (एएनआई) । तालिबानले बुधबार अफगानिस्तानको राजधानी काबुलको एक मस्जिदमा भएको आक्रमणको निन्दा गरेको छ । अफगानिस्तानको राजधानी काबुल शहरमा रहेको एक मस्जिनमा भएको बम विस्फोटमा परी कम्तीमा २० जनाको ज्यान गएको छ । बुधबार साँझ प्रार्थनाका क्रममा सो विस्फेटमा परी अरु ४० घाइते भएका काबुलका सुरक्षाकर्मीहरूले जानकारी दिएका छन् ।
अपराधका दोषीहरूलाई छिट्टै पक्राउ गरी सजाय दिइने इस्लामिक इमिरेट्सका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एक ट्वीटमार्फत बताएका टोलो समाचार समितिले जानकारी दिएको छ ।
साँझको प्रार्थनाका समयमा सो मस्जिदको परिसरमा सो भएको आक्राणबाट घाइते भएका ४० जनालाई अस्पताल पु¥याइएको जनाइएको छ । घाइतेहरूमध्ये अधिकांशको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या बढ्न सक्ने समेत अनुमान गरिएको छ ।
तालिबानले अफगानिस्तानमा आफ्नो पूर्ण नियन्त्रण रहेको दाबी गरे पनि इस्लामिक स्टेटले देशभरि सर्वसाधारण र प्रहरीमाथि आक्रमण जारी राखेको छ ।
अफगानिस्तानको समाचार समितिका अनुसार तालिवानले हताहतबारे कुनै वक्तव्य जारी गरेको छैन । विस्फोटको अहिलेसम्म कुनै पनि आतङ्कवादी समूहले जिम्मेवारी लिएको छैन । यस आक्रमणमा मारिएमा अमिर मोहम्मद काबुली नामका एक शीर्ष इस्लामिक धर्मगुरु पनि छन् ।
दुई साताअघि काबुलमा भएका दुईवटा घातक विस्फोटमा दश जनाको मृत्यु हुनुको साथै ४० जना घाइते भएका थिए । इस्लामिक स्टेटले दुवै आक्रमणको जिम्मेवारी लिएको थियो ।
अफगानिस्तानमा तालिबान शासनको एक वर्षको पुगेको यस अवधिमा आक्रमण भएको छ । प्रत्यक्षदर्शीहरूले सो आक्रमण आत्मघातीहरूले गराएका बताएका छन् ।
यसैबीच, अधिकार समूहहरूले तालिबानले मानवअधिकार र महिला अधिकारको सम्मान गर्ने धेरै प्रतिज्ञाहरू तोडेको बताएका छन् ।न्यूयोर्कमा रहेको अधिकार समूहले आफ्नो प्रतिवेदनमा तालिबान गरेको मानवअधिकार उल्लघङ्नको व्यापक निन्दा गरेको र देशको डरलाग्दो मानवीय अवस्थालाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूलाई अवरोध गरेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *