भर्खरै :

देशघाती नागरिकता विधेयकविरुद्ध कैलालीमा विरोध

देशघाती नागरिकता विधेयकविरुद्ध कैलालीमा विरोध

कैलाली, २ भदौ । नेमकिपा जिल्ला समिति कैलालीको आयोजनामा देशघाती नागरिकता विधेयकको विरुद्धमा विरोध जुलुस तथा सभा लम्किचुहा न.पा. मोतीपुरदेखि लम्की बजारमा सम्पन्न भयो ।
विरोध सभामा नेमकिपाका केन्द्रीय खगेन्द्रबहादुर शाहीले पाउनुपर्ने तर कुनै पनि निहँुमा विदेशीलाई नेपालको नागरिकता दिनु देशघाती हुने बताउनुभयो । उहाँले पाँच दलीय गठबन्धन (नेका, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमार्चा पार्टी) को समर्थनमा वर्तमानको देउवा सरकारले गएको साउन ६ गते नागरिकता विधेयक बहुमतले पारित गरेको जानकारी दिनुभयो ।
विरोध सभामा नेमकिपा कैलाली संयोजक रमेशकुमार रावलले भारतसँग खुला सिमाना भएकै कारण नेपालले पारित गरेको नागरिकता विधेयक देशको हितमा नभएको बताउनुभयो । उहाँले नेपाल नागरिकता ऐन २०६३ मा २०४६ साल चैत मसान्तमा नेपाल सहरभित्र जन्म भएको र दुई वर्षभित्र निवेदन दिएकालाई जन्मका आधारमा नेपाली नागरिकता दिने र यो विधेयकमा २०७२ असोज ३ गतेसम्म जन्मको आधारमा नेपाली नागिरकता लिएका सन्तानलाई वंशजको आधारमा नागरिकता दिने व्यवस्था गरेको जानकारी दिनुभयो । यसले गर्दा नेपालमा नेपाली नागिरकभन्दा भारतीय वा अन्य देशका नागरिक बहुमत हुने र रैथाने नेपाली अल्पमतमा परी देशै नरहने हँुदा यो विधेयक देशघाती भएको र तत्काल खारेज गर्नुपर्ने धारणा राख्नुभयो ।
सभामा नेमकिपाका कैलाली सदस्य ज्योति बडुवाल, नेपाल क्रान्तिकारी महिला सङ्घ कैलाली अध्यक्ष लक्ष्मी पुनले नेपालका शासक दलहरूले नागरिकता विधेयक पास गरेर विदेशीलाई खुसी पार्ने काम गरेको र विदेशी चेलीसँग विवाह गर्दा एक हातमा सिन्दुर र एक हातमा नागरिकता दिने व्यवस्था गरिनु देशघाती भएकोले तत्काल खारेजीको माग गर्नुभयो ।
उक्त कार्यक्रममा नेमकिपा कैलाली सचिव गगनबहादुर थापामगरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *