भर्खरै :

बुटवलमा पनि घिंताङघिसी

बुटवलमा पनि घिंताङघिसी

बुटवल, २ भदौ । नेपालभाषा साहित्य तःमुँज्या र बुटवल नेवा समाज १, २ को संयुक्त आयोजनामा बिहीबार बुटवलमा घिताङघिसी नाच प्रदर्शन भयो । नेवा सांस्कृतिक आदानप्रदान गर्न बुटवलमा काठमाडौं, भक्तपुर र ललितपुरको उक्त घिताङघिसी नाच प्रदर्शन गरिएको आयोजकहरूले जनाएका छन् ।
बिहीबार देखाइएको काठमाडौँ उपत्यकामा खेलिने उक्त घिताङघिसी नाचमा माकचा प्याखँ (बाँदर नाच), लुसी प्याखँ (मुसल नाच), कछी ल्वाकेगु (लठी जुधाउने नाच) प्रस्तुत गरिएका थिए । गणेशस्थानबाट सुरू गरिएको उक्त नाच बुटवल ३ को दुर्गा मन्दिर, बुटवल १ को निमचोक, कदमचोक, नयाँ सडक हुँदै बुटवल २ को कालिका मन्दिरसम्म पहिलो चरणमा र बुटवल ६ को ब्लड बैङ्क चोकबाट अमरपथ हुँदै नवजागृति पुस्तकालयसम्म दोस्रो चरणमा गरी सम्पन्न भएको थियो । यसैबीच नेपालभाषा साहित्य तःमुज्याका कलाकारहरूले अङ्ग्रेज नेपाल युद्धमा नेपाल पक्षले जितेको जितगढी किल्लाको अवलोकन गरे ।

 


सोही दिन बिहीबार घिताङघिसी नाच प्रदर्शनपछि धन्यवाद ज्ञापन तथा मायाको चिनो आदानप्रदान कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल भाषा साहित्य तःमँुज्याका प्रतिनिधि राजवीर डङ्गोलले काठमाडाँै उपत्यकामा सीमित सांस्कृतिक झाँकीहरूलाई विभिन्न जिल्लाका जनताबीच प्रस्तुत गर्ने उद्देश्यअनुसार घिताङघिसी नाच बुटवलमा ल्याएको बताउनुभयो । सांस्कृतिक अतिक्रमणपछि राजनीतिक हस्तक्षेप हुने चर्चा गर्दै डङ्गोलले नेपालका शासक दलहरू नेपालको संस्कृति जगेर्ना गर्नभन्दा लोप गराउन उद्यत हुनु दुखद विषय हो भन्नुभयो ।
बुटवल नेवा समाज १, २ का अध्यक्ष सुवेन्द्रमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य सङ्घ बुटवलका अध्यक्ष उज्ज्वल कसजूले टीभीमा मात्र देखिरहेको नाच प्रत्यक्ष देख्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । बुटवल नेवा समाजका विजय शाक्य, मदन श्रेष्ठ र अरूणा श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *