के आगजनी र निर्वाचनमा नेपाली सेना निर्णायक हो ?
- बैशाख २, २०८३
नियोँ २०२२ अगस्ट ४ मा एमनेस्टी इन्टरनेसनलले एउटा प्रतिवेदन सार्वजनिक गर्यो । त्यसमा सर्वसाधारणको ज्यान जोखिममा पार्ने युक्रेनी सेनाको कार्यशैलीको निन्दा गरिएको थियो । अर्को शब्दमा युक्रेनी पक्षको युद्धअपराधबारे उक्त प्रतिवेदन बोलेको थियो । (त्यसो त एमनेस्टी इन्टरनेसनल कोदालोलाई कोदालो भन्न डराउँछ ।) दश दिनपछि सो सङ्गठन आक्रामकरूपमा पछि हट्यो र प्रतिवेदनमा ‘केकति भूलचूक भयो’ भनी स्वतन्त्र विज्ञहरूले छानबिन गर्ने बतायो । एमनेस्टी इन्टरनेसनलको इतिहास लरतरो हुन्थ्यो भने यो घटनाले यसलाई रद्दीको टोकरीमा मिल्क्याउँथ्यो । यहाँ हामी यस गैरसरकारी संस्थामाथि आइलागेको विपद पर्गेल्छौँ, जुन न तटस्थ छ, न स्वतन्त्र नै ।
आठ वर्षअघि डोनबासमा द्वन्द्व सुरु भयो । त्यसयता एमनेस्टी इन्टरनेसनल दोनेत्स्क र लुगान्स्क जनगणतन्त्रका सर्वसाधारणविरुद्ध युक्रेनी सेनाले लगातार गरिरहेको युद्ध अपराधबारे अविश्वसिलो मौनता साँधेको स्पष्ट देखिन्छ । युक्रेनमा भइरहेका व्यवस्थाजन्य मानव अधिकार हननका घटनाबारे ऊ मौन छ । (यसमा युक्रेनी गुप्त प्रहरी ‘एसबीयू’ को थुनामा यातना खेपेका व्यक्तिहरू पनि पर्छन् ।)
एमनेस्टी इन्टरनेसनल यसबारे बिरलै बोल्छ । बोले पनि दुवै पक्षबारे सन्तुलितरूपमा बोलेको देखावा गर्छ । तर, गहिरिएर अध्ययन गर्दा उसले दुई पक्षलाई बराबर नदेखेको बुझ्न सकिन्छ । उदाहरणको लागि उसले दोनेत्स्क र लुगान्स्कले कानुनी शून्यता ल्याएकोमा निन्दा गर्छ । हुँदै नभएको कुरा गर्छ । जब कि ऊ आफैले ती गणराज्यहरूमा कानुन र मानव अधिकार हेर्ने कर्मचारीहरू रहेको, युरोपेली सुरक्षा तथा सहकार्य सङ्गठन ‘ओएससीई’ को निरीक्षणको क्रममा बन्दीहरूलाई राम्रो व्यवहार गरिएको पाएको कुरा गर्छ ! जब कि ‘एसबीयू’ र युक्रेनका नवनाजी बटालियनहरूले व्यवस्थितरूपमा यातनाहरू दिएका प्रमाणहरू अल्याख छन् ! उफ, यो गैरसरकारी संस्था तटस्थ छ भनेर हामीले लोकाचार पार्नुपर्ने रे ।…
२०२२ अगस्ट ४ मा अन्ततः एमनेस्टी इन्टरनेसनलले आफ्नो मुख खोल्यो । हामीले यस विषयमा महिनौँदेखि बोल्दै आएका थियौँ । विद्यालय, आवास, अस्पताल आदिलाई युक्रेनी सेनाले सैन्य उद्देश्यका लागि प्रयोग गरेर सर्वसाधारणको प्राण खतरामा पारेकोमा हामीले भत्र्सना गरेका थियौँ । एमनेस्टीको प्रतिवेदन आएपछि हामीलाई बोल्न त बोल्यो भन्ने भयो । युक्रेनी सेनाले जे गरेको छ, त्यो युद्ध अपराध हो भनी खुलेर भन्ने आँट गरेन । सर्वसाधारणहरू मरेकै भए पनि त्यसको दोष रूसलाई जान्छ चाहिँ भन्यो ।
कति ‘हाँस्यास्पद’ ¤ विगत आठ वर्षसम्म युक्रेनी सेनाले डोनबासका बस्तीहरूमा निरन्तर बमबारी गरेको विषयमा एमनेस्टी इन्टरनेसनलले यति कडा शब्दमा निन्दा गरेको मलाई सम्झना छैन । यी बमबारीहरूले गर्दा हजारौँ बासिन्दाहरू अनाहक मारिए । त्यसमा सयौँको सङ्ख्यामा बालबालिका पनि थिए । मारिनेहरू निहत्था थिए । यी क्षेत्रहरूमा सर्वसाधारणहरू मात्र बस्थे । यहाँ एकजना पनि मिलिसिया वा नागरिक सैनिक थिएन । २०२२ जुलाई ५ मा दोनेत्स्कको मुटुमै युक्रेनी सेनाले बमबारी गर्दा एमनेस्टी इन्टरनेसनलले किन भत्र्सना गरेन ? त्यो दिन पनि सैन्य क्षेत्रमा नभई बस्तीमा हमला भएको थियो । त्यो बमबारीमा परेर १० वर्षीय भेरोनिकाको ज्यान गएको थियो । दोनेत्स्कको मुटुमै कमान्डर कोर्साको अन्त्येष्टिमा बमबारी गर्दा एमनेस्टी इन्टरनेशनल कहाँ थियो ? त्यो हमलामा परेर ८ जना सर्वसाधारण हताहत भएका थिए । त्यसमा परेर नर्टकी बन्न चाहने १२ वर्षीय कातियाको ज्यान गएको थियो ।
२०२२ जुलाई ६ मा माकेयेभ्काको केन्द्र भागमा युक्रेनी सेनाले बहुमुखी क्षेप्यास्त्र प्रहार गर्दा एमनेस्टी इन्टरनेसनलको प्रतिवेदनमा किन निन्दा गरिएन ? त्यसमा परेर खेलमैदानमा खेलिरहेका ३ जना बालबालिका मरेका थिए र ४ जना घाइते भएका थिए । जब कि तिनै बहुमुखी हतियार रूसले ठूलो मात्रामा प्रयोग गरेको एमनेस्टी इन्टरनेसनलको दाबी छ ।
युक्रेनी सेनाले दोनेत्स्क, माकेयेभ्का, यासिनोभात्या र गोर्लोभ्कामा ठूलो मात्रामा ‘पुतली’ बम (माइन) छर्ने क्षेप्यास्त्रहरू प्रयोग गरेकोमा एमनेस्टी इन्टरनेसनलको भत्र्सना खोइ ? यी बममा परेर ४० बढी सर्वसाधारणको मृत्यु भइसकेको छ । यी खेलौना आकारका बमहरू कुल्चेमा वा समातेमा अङ्गभङ्ग हुने गरेको छ । (हाल डोनबास क्षेत्रमा ‘पुतली’ बमको आतङ्ग फैलेको छ । प्रशासनले यी बम वा माइनहरूमा निषेध रेखा कोरेर सर्वसाधारणलाई सतर्क पार्दै छ । अनु.)
एमनेस्टी इन्टरनेसनलले यीमध्ये कुनै पनि घटनाको निन्दा गर्नेछैन । तैपनि, ऊ आफूलाई तटस्थ, कुनै विचारधाराको पक्षमा नलाग्ने, के–के जाति भन्छ । यथार्थ अलि भिन्दै छ । उसका रिपोर्टहरू पढ्ने हो भने उसको तटस्थता आफै उदांगिन्छ । एउटा रिपोर्टमा उसले केही सत्य उजागर गरेको थियो, तर त्यसबाट पनि पछि हटेपछि उसको इज्जतमा प्वाल परेको छ ।
प्रतिवेदन प्रकाशित भएको ३ दिनमै र युक्रेनमा आफ्नो प्रतिवेदनले तहल्का मच्चाएपछि एमनेस्टी इन्टरनेसनलले दोस्रो वक्तव्य जारी गर्नुप¥यो । त्यसमा “युक्रेनी सेनाको लडाकु शैलीबारे हाम्रो प्रेस वक्तव्यले पैदा गरेको चिन्ता र आक्रोशप्रति गहिरो पश्चाताप” व्यक्त गरिएको छ ।
एमनेस्टी इन्टरनेसनल थप लेख्छ ः “२०२२ फेब्रुअरीमा रूसी कब्जा सुरु भएयता एमनेस्टी इन्टरनेसनलले युक्रेनमा भएका युद्ध अपराध र हिंसाका घटनाबारे लगातार दस्तावेजीकरण गर्ने र रिपोर्ट गर्ने काम गरिरहेको छ । सयौँ पीडित र बाँचेकाहरूको अन्तर्वार्ता लिएको छ । तिनका कथाव्यथाले रूसको आक्रामक युद्धको क्रुर यथार्थमा प्रकाश पार्छन्” र “सबै द्वन्द्वमा जस्तै यस द्वन्द्वमा पनि सर्वसाधारणहरूको सुरक्षा सुनिश्चित गर्नुलाई नै एमनेस्टी इन्टरनेशनलले प्राथमिकता दिएको छ ।” गत आठ वर्षमा डोनबासमा युक्रेनी सेनाले सर्वसाधारणहरूविरुद्ध गरेको युद्ध अपराधमा एमनेस्टी इन्टरनेसनलले साँधेको मौनता देखेर उसका प्राथमिकताहरूबारे मलाई कुनै शङ्गा छैन । किनभने २०१४ यता डोनबासका आफ्नै जनताविरुद्ध युक्रेनी सेनाले चलाएको युद्धको क्रुर यथार्थमा एमनेस्टी इन्टरनेशनलको कुनै रुचि छैन । त्यसमाथि निम्न वाक्यहरूबाट यस सङ्गठनको पन्पछ्याइँ स्पष्ट हुन्छ :
“हामीले विश्वलाई युक्रेनीहरूको पक्षमा ठोस कामका माध्यमबाट ऐक्यबद्धता जनाउन चुनौती दिएका छौँ । हामी निरन्तर यस्तो चुनौती दिनेछौँ । ‘ओएससीई’ लाई जस्तै एमनेस्टी इन्टरनेशनललाई पनि तथ्यहरू लुकाउन गा¥हो भइरहेको छ, सर्वसाधारणहरूप्रतिको हाम्रो ऐक्यबद्धता ठाउँ अनुसार फरक छ । युक्रेनतिर भए ठीक छ । तिनीहरू डोनबास वा रूसी क्षेत्रमा छन् (युक्रेनी सेनाले रूसी भूभागमा पनि बमबारी गरेको हुनाले रूसी नागरिकहरू समेत सिकार भएका छन्) भने तिनको खबर आउँदैन, ऐक्यबद्धताको स्वर सुनिन्न, केही नदेखिएपछि अघि बढ्दा ठीक हुन्छ ।”
वक्तव्यले अझ स्पष्ट पार्छ, “युक्रेनी सेनाको गतिविधिबारे हामीले दस्तावेजीकरण गरेका कुनै पनि कुराले रूसी हिंसालाई न्यायोचित ठह¥याउन सक्दैन । युक्रेनी सर्वसाधारणविरुद्ध हिंसाको लागि केवल रूस जिम्मेवार छ ।” युक्रेनी सेनाले डोनबासमा रहेका रूसी सैनिक वा नागरिकहरूलाई अस्पताल, विद्यालय वा अन्य मानव ढाल प्रयोग गरेर गोली ठोके त्यसको दोष रूसी पक्षकै दोष हो, तिनीहरू प्रतिरोधी गोलीका सिकार हुन् । गजब छ ¤ आतङ्गकारीहरूले मानव ढाल प्रयोग गर्छन् र प्रहरीले आतङ्गकारीहरूलाई नष्ट गर्दा केही सर्वसाधारण मारिन्छन् भने प्रहरी खराब हुन् र ती मृत्युका दोषी हुन् ।… कति गजब तर्क !
यी तर्कहरूमा डोनबासका जनता र रूसी सैनिकहरूलाई स्पष्ट सन्देश छ : ‘युक्रेनी सेनाहरूलाई आफूलाई गोली हान्न देऊ । विगत ८ वर्षमा जस्तै आफूलाई मार्न देऊ । सबभन्दा ठूलो कुरा चुप लाग । किनभने, तिमीहरूले आत्मरक्षा ग¥यौ र अर्को पक्षतिर गोली हान्यौ भने मान्छेहरू सिकार हुनेछन्, तिनीहरू दुष्ट बन्नेछौ ¤’ २०२२ फेब्रुअरीमा मिन्स्क सम्झौतालाई युक्रेनले रछ्यानमा फाल्यो र डोनबास क्षेत्रमा क्रोएसियाली समाधान (जातीय सफाया) लागू ग¥यो । त्यो रूसी हस्तक्षेपभन्दा अघिका कुरा हुन् । यो तथ्यले एम्नेस्टी इन्टरनेसनलका पर्यवेक्षकहरूको टाउको नदुखेको देखिन्छ । तिनको विशेष तर्कमा यसले असर नगरेको देखिन्छ ।
तर, एमनेस्टी इन्टरनेशनलको प्रतिवेदनबारे कोकोहोलो मच्चिएपछि व्यवस्थापन समितिले पछि हट्ने निर्णय ग¥यो र उसको प्रतिष्ठामा आँच आयो । उसले अन्तर्राष्ट्रिय विज्ञहरूलाई आफ्नो रिपोर्ट जँचाउने निर्णय ग¥यो । “प्रेस वक्तव्य निकाल्ने हतारोमा अपनाइएका विधि र निर्णयमा, त्यसका लागि गरिएको अनुसन्धानमा, प्रेस वक्तव्य तयारी गर्ने क्रममा, कानुनी र नीतिगत विश्लेषणमा र प्रकाशनको समय छनोटमा” कथित समस्याहरू हुनाले “कहाँनिर भूलचुक भयो र किन भयो भनी बुझ्न र त्यसबाट पाठ सिकेर हाम्रो मानव अधिकारसम्बन्धी कामलाई सुधार्न” विज्ञ जाँच गराउने सो सङ्गठनको तर्क थियो ।
कुन समस्याको कुरा गरेको ? महिनौँदेखि युक्रेनको घटनाक्रमबारे सबैलाई थाहा भएको कुरामा बल्लतल्ल मुख खोल्नु समस्या होइन ? युक्रेनी सैनिकहरूले विद्यालय, बालोद्यान वा अस्पतालमा बसेर हातहतियारसहित फोटो वा भिडियो खिचाउनु नै तिनका कर्तुतहरूको निन्दा गर्न पर्याप्त छैन र ?
दर्जनौँ भिडियोहरू निस्केका छन् । त्यसमा युक्रेनी सैनिकहरू विद्यालयमा पसेको स्पष्ट देखिन्छ । भोल्नोभाखा अस्पतालका प्रमुख डाक्टरले क्यामेरामा खुलेरै युक्रेनी सैनिकहरूले अस्पताल भवनमा पसेर घाइते रूसी सैनिकहरूलाई गोली ठोकेको बताए । एमनेस्टी इन्टरनेसनललाई यहाँभन्दा के प्रमाण चाहियो ?
मारिउपोलका बासिन्दाहरूले नै युक्रेनी सैनिकहरूले आफूलाई आफ्ना घरबाट धपाएर मित्र सैनिकहरूलाई गोली ठोकिरहेको बताएपछि, र युक्रेनी सैन्यदलले विद्यालयलाई आफ्नो मुख्यालय बनाएपछि पनि एमनेस्टी इन्टरनेशनललाई अरू के प्रमाण चाहिने हो ?
युक्रेनको नवनाजी एजोभ रेजिमेन्टका लडाकुहरूले रूसी सैनिकहरूबाट भाग्दै गर्दा भवनहरूमाथि गोलीबारी गर्दा र कोठाबाट भाग्न नसकेका बुढी आमाहरूलाई ग्रिनेड फालेर मार्दा कहाँ गएको थियो एमनेस्टी इन्टरनेसनलको सर्वसाधारणसँगको सम्बन्ध र ऐक्यबद्धता ?
हैन एमनेस्टी इन्टरनेसनल समस्या यो रिपोर्टको समस्या प्रक्रियामा छैन, अनुसन्धानमा छैन, न प्रेस वक्तव्यको तयारीमा छ । आठ वर्षसम्म तिमीहरूको मिलेमतोपूर्ण मौनताले गर्दा युक्रेनी अधिकारीहरू आफ्ना निकृष्ट अपराधहरूलाई सदा ढाकछोप गरिनेछ र त्यसका लागि दण्डित हुनुपर्ने छैन भन्ने भ्रममा परे । जस्तो कुनै धनी बाउको बिग्रेको छोरो कहिल्यै दण्डित हुन्न ।
सुपरमार्केटमा चिच्याएपछि आमाबाबुले छोराछोरीको इच्छासामु घुँडा टेकेजस्तै युक्रेनी अधिकारीहरूले कोकोहोलो मच्चाएपछि एमनेस्टी इन्टरनेशनल आफ्नो नाम मेटेर भए पनि युक्रेनी अधिकारीहरूको इच्छा पूरा गर्नपट्टि लाग्यो । यसरी आफ्नो नाम नै आफूलाई नसुहाउने दसी दियो । अब नाम फेरेर ‘एमनेसिया इन्टरनेसनल’ वा ‘बिर्सने रोग लागेको इन्टरनेशनल’ राखे हुन्छ । त्यो बरु इमानदारी होला । त्यसो गरे आफूलाई तटस्थ र पारदर्शी भनी स्वाङ पारिरहनुपर्ने बाध्यताबाट जोगिन सजिलो हुनेछ । आफूले निकालेको प्रतिवेदनलाई दुई हप्तामै रछ्यानमा फाल्नुपर्ने छैन ।
(डोनबास इन्साइडरबाट ।)
अनुवाद ः सम्यक
Leave a Reply