एक वर्षदेखि लमजुङ दरबार पुनःनिर्माण अलपत्र
- बैशाख ७, २०८३
कोहलपुर, ४ भदौ । नागरिकता ऐनमाथिको संशोधन विधेयक खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टी बाँके जिल्ला समितिको आयोजनामा शनिबार कोहलपुरको न्युरोड चोकमा विरोधसभा भयो ।
सभामा पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले भारतीय विस्तारवादको स्वार्थ अनुकूल हुनेगरी नागरिकता ऐनमाथि देशघाती बुँदाहरू उल्लेख गरेर संशोधन विधेयक पास गरिएको बताउनुभयो ।
उहाँले जनभावनाविपरीत नेपालको सार्वभौमसत्तामाथि गम्भीर आँच पुग्ने खालको विधेयक पास गरेर शासक दलका नेताहरू भारतीय शासक वर्गको दलाल पुष्टि भएको उल्लेख गर्दै भन्नुभयो, “संसद्मा गणपूरक सङ्ख्या नपुग्दै विधेयक पारित गर्न खोज्दा नेमकिपाका सांसद प्रेम सुवालले पटक–पटक आपत्ति जनाउनुभयो । तर, शासक दलहरूले सोही दिन बेलुकी जबरजस्ती देशघाती विधेयक पारित गरेरै छाडे ।” केन्द्रीय सदस्य ज्याख्वले फिजीमा नागरिकता ऐनमा खुकुलो पारिँदा भारतीय मूलका नागरिक प्रधानमन्त्री भएको प्रस्ट पार्दै नेपाललाई फिजीकरण गर्नबाट जोगाउन देशभक्त जनता एकजुट भई सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
सभामा नेमकिपा बाँकेका नवीन शाहीले विदेशी नागरिकलाई सहजै ढङ्गबाट नेपाली नागरिकता दिलाउने उद्देश्यले शासक दलहरूले नागरिकता विधेयक पास गरेको चर्चा गर्दै नेपाली नागरिकतालाई सिनेमाको टिकटभन्दा सस्तो बनाउन खोजिएकोमा विरोध गर्नुभयो ।
विरोधसभाअघि स्थानीय जनताको उपस्थितिमा देशघाती नागरिकता विधेयकको विरोधमा नाराबाजी गरिएको थियो ।
Leave a Reply