जनताको समस्या समाधान गर्न नेमकिपा लागिरहने
- चैत्र २१, २०८२
मान्छेलाई पुस्तक पढ्नका लागि बहानाको चाँजोपाँजो मिल्ने रहेछ । सानो बेला हिन्दी कमिक पढेर बसेको बानीले अध्ययन र पुस्तकप्रति चासो जगायो ।
पुराना कालजयी पढ्नैपर्ने कैयौँ पुस्तकहरू त छँदै थिए, बजारमा नयाँ आख्यान र गैरआख्यान पुस्तकहरू हरेक महिनाजस्तै विमोचन भइरहेका छन् । त्यसमा पढ्नयोग्य पुस्तक छान्नु आजभोलि सानोतिनो युद्ध जितेजस्तै हुने गर्छ ।
नयाँ प्रकाशित उपन्यासमा छाइलको चर्चा आफ्नै खालको छ, कुनै अर्गानिक फलजस्तो । बुकाहोल्किसमा यसको परिचर्चा कार्यक्रम हुने भएपछि पढ्न हुतहुति लाग्यो । नजिकै पसलहरूमा र अलि नाम चलेका अनलाइनहरूमा नपाएपछि लेखकलाई नै सम्पर्क गरेँ, फेसबुकमार्फत उहाँले प्रकाशकको अनलाइन लिङ्क पठाउनुभयो । प्रविधिको सकारात्मकताले भोलिपल्टै पाएँ र किताब पढेँ ।
३०१ पेजको उक्त उपन्यासमा पात्र धेरै छन् । जीतुुराज शर्माका आफ्ना स्कूले सहयात्रीको एक समूह, ३ जना प्रेमिका र दिदीसहितको सानो परिवार, केही गाउँलेमै सकिन्छ । उपन्यास नयाँ लेखक भएर पनि लेखन नयाँजस्तो लाग्दैन । सुदूरपश्चिमको डोटेली भाषाको संवादले उपन्यास स्वादिलो बनाएको छ । लेखक कवि पनि भएकोले होला उपन्यासभरि नै मधुर काव्यको स्वाद पाइन्छ । छोटो वाक्यहरूमार्फत व्यक्त समय, घटना र परिवेशको वर्णन मीठो छ ।
– काट्दा काट्दै नसकिने उनका दुःख र गाउँको बाटो जति काट्यो त्यति कठिन थियो ।
– सपनाको भारी कहिल्यै ग¥हुँगो हुँदैन साथी ।
– गरिब जति आन्दोलनका बेला उर्लिन्छन्, धनी जति चुनावका बेला उर्लिन्छन् ।
– मत बेचिया देशमा गरिबको सत्ता कहिल्यै हुुँदैन ।
– जीवन असफल हुनु भनेको पढाइ सकेर जागिर नपाउनुमात्रै होइन रहेछ । साथीसँगको सम्बन्ध मरुभूमितर्फ बग्दै गएको खोलाजस्तो भएर साथीविहीन बन्नु पनि रहेछ ।
– निजी अस्पताल र निजी स्कूलको नियन्त्रणमा देश चल्दै थियो ।
जस्ता अनगिन्ती वाक्यले उपन्यास पढेपछि छोड्नै मन नलाग्ने गरी पाठकलाई बाँधेको छ ।
सुदूरपश्चिमको एउटा गरिब परिवारको कथाले सुरु भएको उपन्यासमा लेखकले सुदूरपश्चिमको रहनसहन, जीवनशैली, सामाजिक अवस्थाबारे प्रस्ट लेखेका छन् ।
छाइल उपन्यासले मूलतः एक बुबा र छोराको सम्बन्ध, गाउँमा रहेको उँचनीचको खाडल, शिक्षित बेरोजगारको समस्या तथा कथित जनयुद्धले विद्रोही र सरकार पक्ष दुवैबाट भोग्नुपरेको समस्या र पीडाबारे सरल भाषामा व्यक्त गरेको छ । छाइल पढिसकेपछि पाठकले आफ्नो विगत, आफ्ना साथीसङ्गी र आफ्नो परिवारलाई पनि अवस्था सम्झनेछ ।
छाइल पढिसकेपछि पात्रहरूले गहिरो छाप छोड्नेछन् । माया र स्याहार गर्ने रूपा दिदी, रिसाहा तर सत्यको पक्षमा बोल्ने दुर्वासा, आफ्नो मायालाई सहर्ष छोड्ने र रानीवन घुमिरहने लाहुरे बाजे, धोकेबाज उर्मिला, सुमित्रा र मीना, बाको साथी अनि अन्तिममा मीतज्यू हुने दलित दयाराम सबैले पाठकमाथि बेग्लै छाप छोड्छ । तर, त्यति धेरै माया गर्ने सुमित्राले जीतुलाई किन छोड्छे ? आमा र परिवारकै हेरचाह गर्ने रूपा दिदी कता हराइ भनेर प्रश्न उब्जिन्छ बारम्बार ¤
साहित्य पोष्टको उत्तम शान्ति पुरस्कार र पद्मश्रीमा पुरस्कारको सूचीमा छनोट भएको छाइल अहिले प्रकाशित नयाँ आख्यान पुस्तकमध्ये उत्कृष्ट छ । युवा लेखक भएर होला प्रेम प्रसङ्ग हुनु अन्यथा लाग्दैन । तर, जीतुराजको साँच्चै जीत हुन्छ कि हार उपन्यास पढेपछि मात्रै थाहा हुन्छ ।
३०१ पेजको उपन्यास कागज, छपाइ र आवरणले पनि राम्रो बनेको छ । ४५० रूपैयाँ महँगो लाग्दैन । बुक हिमालयद्वारा प्रकाशित तथा लोकराज भट्टद्वारा लिखित छाइल (छाया) नाम भए पनि पुस्तक छायामा परेको छैन ।
Leave a Reply