राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
मोरङ, ५ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालासँग विराटनगर महागरपालिकाको कार्यकक्षमा भेट गर्नुभयो ।
भेटमा प्र्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणलाई प्रमुख प्राथमिकतामा राख्दै आएको स्पष्ट पार्दै भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय स्थापनाको लागि प्रयासरत रहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले १०० शय्याको ख्वप अस्पताल सञ्चालन गरी जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा गरिरहेको जानकारी दिनुभयो ।
भक्तपुर नगरपालिकाले जनश्रमदान र जनसहभागितामा आधारित विकास निर्माणको अवधारणालाई अवलम्बन गरी धेरैजसो निर्माण कार्यहरू नगरवासीहरूकै सहभागितामा श्रम र सीपको अधिकतम प्रयोग गरी आत्मनिर्भरतालाई जोड दिइरहेको बताउनुभयो ।
विराटनगर महानगरपालिकाका प्रमुख कोइरालाले विराटनगर महानगरपालिकाको सङ्क्षिप्त जानकारी दिँदै महानगरपालिकाको मुख्य आयस्रोत राजस्व सङ्कलन रहेको र फोहोरमैला व्यवस्थापन चुनौतीको रूपमा रहेको जानकारी दिनुभयो ।
उहाँले डुवान समस्या मुख्य समस्याको रूपमा रहेको जानकारी गराउँदै त्यसको निम्ति तटबन्ध निर्माणको तयारी गरिरहेको जानकारी दिनुभयो ।
यसैबीच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल तथा सुन्दरहरैचा नगरपालिकाका उपप्रमुख चौधरीबीच अलग अलग भेट गर्नुभयो ।
भेटमा प्र्रमुख प्रजापति र प्रमुख पौडेल तथा प्रमुख प्रजापति र उपप्रमुख चौधरीबीच विकास निर्माणलगायत आ–आप्mनो नगरपालिकाको अनुभव आदानप्रदान गर्नुभयो ।
त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति यादवप्रसाद कोइरालासँगको भेटमा प्रमुख प्रजापतिले ख्वप कलेज अफ ल लगायत कलेजहरू सम्बन्धनको लागि आग्रह गर्नुभयो । उपकुलपति कोइरालाले छिट्टै अनुगमन आउने र सम्बन्धन प्रदान गर्नेमा आपूm सकारात्मक रहेको बताउनुभयो ।
Leave a Reply