भर्खरै :

भनपा प्रमुख प्रजापति र बर्दिबास नगरपालिकाका प्रमुख क्षेत्रीबीच भेट

महोत्तरी, ६ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्रीबीच विराटनगर महागरपालिकाको कार्यकक्षमा सोमबार भेट गर्नुभयो ।
भेटमा प्र्रमुख प्रजापति र प्रमुख क्षेत्रीबीच स्थानीय तहका चुनौतीहरूलगायत आ–आफ्नो नगरपालिकाको अनुभव आदानप्रदान गर्नुभयो । नेपालको संविधानको मर्मअनुसार सङ्घीयतामा तीन तहको सरकार सञ्चालनमा रहेकोमा जिल्ला समन्वय समितिको औचित्य नरहेको तथा जिससको अधिकार क्षेत्रबारे स्पष्टता हुनुपर्ने दुवै प्रमुखहरूको समान धारणा रह्यो ।
भनपा प्र्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सरसफाइ तथा सम्पदा संरक्षणलाई प्रमुख प्राथमिकतामा राख्दै भक्तपुर नगरपालिकाले भक्तपुरको मौलिक पहिचानलाई जीवन्त राख्न नगरभित्र सञ्चालित ९२ वटा विद्यालयहरूमा कक्षा १ देखि ८ सम्मको ‘ख्वपको पहिचान’ पाठ्यक्रम लागू गरेको जानकारी दिनुभयो ।
उहाँले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी बीबीए र बीएएलएलबी विषयहरू थप गर्न नपाले प्रयास गरिरहेको बताउनुभयो ।
वर्दिबास नपाका प्रमुख क्षेत्रीले बर्दिबास नपाको सङ्क्षिप्त जानकारी नपाको मुख्य आयस्रोत मालपोत करलगायत निकासी करहरू रहेको बताउनुभयो । भौगोलिक बनावट र प्रत्येक ३ किमिमा हावापानी फरक हुने भएकोले नपाको क्षेत्रअनुसार विकास निर्माणमा विविधता हुने जानकारी पनि उहाँले दिनुभयो ।
उहाँले नपाक्षेत्रभित्र रिङरोड निर्माणको परिकल्पना गरी कार्य गरिरहेको समेत जानकारी दिनुभयो ।
भेटमा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, शिक्षक जगन्नाथ सुजखु, ई. नरेश खत्री र बर्दिबास नपाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *