तीनमहिने चित्रकला तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम
- कार्तिक १०, २०८२
चामुण्डा, ८ भदौ । नागरिकता ऐनमाथि संशोधन विधेयक खारेजीको माग गर्दै नेपाल मजदुर किसान पार्टीले दैलेखको चामुण्डा विन्द्रासैनीमा बुधबार जुलुस प्रदर्शनी तथा विरोध सभा आयोजना ग¥यो ।
सभामा पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले नागरिकता विधेयक नेपाली जनताको हितमा नभई भारतीय विस्तारवादको इसारामा ल्याइएको चर्चा गर्दै सत्तास्वार्थका लागि भारतीय दलाली गर्नु देशघात भएको बताउनुभयो ।
उहाँले नेपाली चेली भारतीयसँग विवाह गर्दा ७ वर्षपछि मात्र त्यहाँको नागरिकताको लागि प्रकृया सुरु गरिने तर भारतीय चेली नेपाली पुरुषसँग विवाह गर्नेबित्तिकै नेपाली नागरिकता दिनुपर्ने के बाध्यता आइप¥यो भनी प्रश्न गर्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले नेपालको आन्तरिक मामिलामा भारतीय विस्तारवादले निरन्तर हस्तक्षेप गरिरहेको उल्लेख गर्दै नागरिकता विधेयकमार्फत भारतीयहरू नेपालको सार्वभौम संसद्मा पस्ने, मन्त्री प्रधानमन्त्री भई देशलाई भारतमा गाभ्ने षड्यन्त्रसमेत गरिरहेको र त्यसको दलाली शासक दलहरू बनिरहेको प्रस्ट पार्नुभयो ।
उहाँले लेण्डुप दोर्जेले सिक्किमलाई भारतमा गाभेको र फिजीमा नागरिकता ऐनमा खुकुलो पार्दा भारतीय मूलका व्यक्तिहरू शासन सत्तामा पुगेको उदाहरण पेश गर्दै नेपाली जनता समयमै सचेत भई देशघाती र जनविरोधीहरूलाई सजाय दिनुपर्ने बताउनुभयो ।
सभामा पार्टी जिल्ला समितिका सदस्यहरू लक्ष्मी विक र खगेन्द्रबहादुर शाहीले नागरिकता विधेयकका देशघाती बुँदाहरूबारे जानकारी गराउनुभयो ।
यसअघि पार्टीको आयोजनामा नागरिकता विधेयक खारेजीको माग गर्दै जुलुसले बजार परिक्रमा गरेको थियो ।
Leave a Reply