रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
भक्तपुर, ८ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग कर्णाली प्रदेशको दैलेख जिल्ला दुल्लू नगरपालिकाका जनप्रतिनिधि टोलीले बुधबार भेट ग¥यो । भेटमा उहाँहरूबीच शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका विषयमा भएका विविध कार्यहरूबारे अनुभव आदानप्रदान भयो ।
भेटमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाद्वारा सञ्चालित सातवटा शैक्षिक संस्थाहरूको सञ्चालन र उद्देश्यबारे प्रस्ट पार्दै भूगोल, इतिहास, संस्कृति, राजनीतिशास्त्र र नेपालभाषामा उच्च शिक्षा हासिल गर्न पीएचडीसम्मका विद्यार्थीहरूलाई भक्तपुर नपाले पूर्ण छात्रवृत्तिको व्यवस्थालाई निरन्तरता दिँदै आइरहेको बताउनुभयो ।
नगरवासीहरूलाई सहज स्वास्थ्य उपचारको लागि घरदैलो नर्सिङ सेवा र वडा–वडामा चिकित्सकसहित स्वास्थ्य केन्द्रहरू स्थापना गरी उपचार सेवा प्रदान गर्दै आइरहेको बताउँदै उहाँले भक्तपुरमा बीएएलएलबी र बीबीएम विषय सञ्चालनको तयारीमा जुटेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले आफ्ना हरेक गतिविधि जनसमक्ष पारदर्शी ढङ्गले प्रस्तुत गर्दै आइरहेको बताउँदै उहाँले विदेशी सहयोगविना भक्तपुर नपाले यहाँका सम्पदाहरूको पुनःनिर्माण तथा जीर्णोद्धार कार्यलाई जोड दिएको बताउनुभयो ।
भेटमा दुल्लु नपा वडा नं. ८ का वडाध्यक्ष सुशीलकुमार भण्डारीले बाइसे चौबिसे राज्यकालमा दुल्लु राज्यको राजधानीको रूपमा चर्चित दुल्लु नपा ६ वटा गाविसलाई समायोजन गरी वि.सं. २०७१ साल वैशाख २५ गते दुल्लू नपाको रूपमा घोषणा भएको ऐतिहासिक एवम् सांस्कृतिक महत्व बोकेको नगरपालिका भएको बताउनुभयो ।
दुल्लू नपाको आन्तरिक आम्दानी निकै कम रहेको र त्यहाँ अवस्थित ऐतिहासिक सम्पदाहरू संरक्षण चुनौतीपूर्ण हुँदै गएको बताउँदै उहाँले भक्तपुर नपाले गरिरहेको कामबाट निकै प्रभावित भएको र यहाँबाट सिक्ने मनसायले भक्तपुर अवलोकन भ्रमणमा आएको बताउनुभयो ।
भेटमा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, दैलेख नपा ११ का महारूप खत्री र ८ कै मिलन फुयाँलको उपस्थिति थियो ।
Leave a Reply