मार्गनिर्देशनबारे भाइबहिनीलाई चिठी–६
- चैत्र ३०, २०८२
हाल दुखाइको लहर उत्कर्षतिर गइरहेको छ । सर्वसाधारणहरू दुखाइ कम गर्ने औषधिको खोजीमा रहेका देखिन्छन् । एक मित्रले भन्दै थिए कि एक डेङ्गु सङ्क्रमित छिमेकीले टाउकोको दुखाइ सहन नसकेको र दुखाइ कम गर्न सिटामोल पर्याप्त नभएको जिकिर गरेका थिए ।
हाल डेङ्गु फैलाउने लामखुट्टे व्यापक देखिन्छ र सङ्क्रमण पनि बिजुली गतिमा फैलँदै गइरहेको देखिन्छ । टोल–टोलमा, परिवार–परिवारमा डेङ्गुले दुख दिएको जानकारीहरू आइरहेका छन् । सम्भवतः लेखकले देखेको ‘२०१९ डेङ्गुको महामारी’ अहिले सन् २०२२ मा (अहिले) नदोहोरिएला भन्न सकिँदैन । ‘२०१९ डेङ्गुको महामारी’ मा नेपालका लगभग सबैजसो जिल्लाहरू डेङ्गु भाइरसबाट प्रभावित भएका थिए । हाल काठमाडौँमा केन्द्रित जस्तो देखिएको डेङ्गुको प्रकोप ‘२०१९ डेङ्गुको महामारी’ मा जस्तै अरु जिल्लाहरूमा फैलदै÷सर्दै नजाला भनेर भन्न सकिँदैन ।
डेङ्गु फैलाउने लामखुट्टे विशेषतः दिनमा बढी सक्रिय हुने भएकोले सङ्क्रमित हुने सम्भावना पनि सोही समयमा बढी हुनेछ । सेतोकालो ‘जेब्रा लामखुट्टे’ भएकोले जो कोहीले सहजै डेङ्गु फैलाउने लामखुट्टेको पहिचान गर्न सक्दछन् । सङ्कलित सफा पानीमा यो लामखुट्टेको जीवनचक्र सहज हुने भएकोले घरभित्र वा घर वरिपरि तथा आफ्नो कार्य थलो वरिपरि पानी सङ्कलन हुने वातावरण सृजना हुन दिनु हँुदैन । प्लास्टिक, ड्रम, बाल्टिन, गाडीका फालिएका टाएरहरू आदिमा लामो समयसम्म पानी सङ्कलन हुने हुँदा लामखुट्टे त्यस्ता ठाउँहरूमा बढी देखिने गर्दछ । जहाँ लामखुट्टे बढी हुन्छ÷देखिन्छ त्यहाँ डेङ्गु फैलने सम्भावना पनि बढी हुने गर्दछ ।
अचानक ज्वरो आउनु, आँखाको गेडी दुख्नु, शरीर र जोर्नीमा अत्यधिक दुखाइ हुने, शरीरमा स–साना बिबिरा देखिनु (चिलाउनु), वाकवाक वा बान्ता हुनु डेङ्गुका मुख्य र शुरुवाती लक्षणहरू हुन् । सङ्क्रमण भएको ४ देखि १० दिनसम्ममा सङ्क्रमितमा लक्षणहरू देखिने गर्दछ । तर सङ्क्रमितमध्ये ७५ प्रतिशतमा लक्षणहरू नदेखिन पनि सक्दछ ।
अधिकांश सङ्क्रमितले घरमै स्वास्थ्यलाभ गर्न सक्दछन् । तर कतिपय सङ्क्रमितको स्वास्थ्यमा जटिलता पनि देखिन सक्दछ । लेखकले केही दिनअगाडि कस्तो अवस्था देखिए जटिलता तिर जानसक्ने सङ्केतको रुपमा लिने र जतिसक्दो चाँडो चिकित्सकको सम्पर्कमा रहने भनेर लेख प्रकाशित गरेको थियो । (यी पाँच ‘चेतावनीमूलक’ लक्षणहरू देखिए डेङ्गु सङ्क्रमण जटिलतातर्फ जाँदै गरेको सङ्केत) डेङ्गु प्रकोप÷महामारीमा यो जानकारी सबैभन्दा महत्वपूर्ण हुने गर्दछ ।
डेङ्गु सङ्क्रमितलाई मुख्यतया अधिक दुखाइले समस्या दिने गर्दछ । तसर्थ, सङ्क्रमितको रोजाइमा दुखाइ कम गर्ने औषधिहरू पर्ने गर्दछ । तर बजारमा सहजै पाइने फ्लेकसन, ब्रुफेन, एस्पिरिन (अथवा ल्क्ब्क्ष्म्क भित्र पर्ने औषधिहरू) जस्ता दुखाइ कम गर्ने औषधिहरूको बढी÷व्यापक प्रयोग हुने गरेको पाहिन्छ । जसको प्रयोगले सङ्क्रमितमा रक्तश्राप गराउन सक्ने सम्भावना प्रवल रहन्छ । तसर्थ, चिकित्सकको परामर्शबिना कुनै पनि औषधिको प्रयोग नगर्नु नै बुद्धिमानी हुन्छ ।
डेङ्गु समुदाय स्तरमा फैलिएको छ । आजको मितिसम्म पनि लामखुट्टे नियन्त्रणको लागि विशेष पहल गरेको देखिँदैन । लामखुट्टेको नियन्त्रण बिना डेङ्गु नियन्त्रणमा आउने सम्भावना हुँदैन । डेङ्गुको फैलने क्रम दसैंतिहारपछि सम्म रहने र लामखुट्टे नियन्त्रणतर्फ अझै कदम नचालिसकेकोले सङ्क्रमितको सङ्ख्या आगामी दिनहरूमा अझै बढ्नेमा दुईमत देखिँदैन । अर्थात् अर्को शब्दमा, दुखाइको ग्राफले आगामी दिनमा अझै उचाइ लिँदै जानेछ ।
यी पाँच ‘चेतावनीमूलक’ लक्षणहरू देखिए डेङ्गु सङ्क्रमण जटिलता तर्फ जाँदै गरेको सङ्केत
डेङ्गु हाल व्यापक फैलँदो छ । कोभिड बढेको भए तापनि परिवारका सबै सदस्यहरू डेङ्गु सङ्क्रमित भए भनेर धेरैले परामर्शका लागि लेखकसँग सम्पर्क गर्ने गरेका छन् । यसबाट पनि कोभिडभन्दा डेङ्गुले नागरिकहरूलाई बढी दुःख दिइरहेको स्पष्ट देखिन्छ । डेङ्गु आगामी दसैँ तिहारसम्म लम्बिन सक्नेछ ।
सबै डेङ्गु सङ्क्रमितमा जटिलता देखिन्छ भन्ने हुँदैन । तर, जटिलता देखिए सङ्क्रमितको ज्यान नै जोखिममा समेत पर्न सक्दछ । यी निम्नलिखित डेङ्गुका पाँच लक्षणहरू देखिए जटिलतातिर जान सक्ने ‘चेतावनी’ को रुपमा लिन सकिनेछ ।
१) तारन्तार बान्ता हुनु ।
२) अत्यधिक पेटको दुखाइ हुनु ।
३) नाक, गिजा वा शरीरका अरु ठाउँबाट (दिसा, पिसाब वा बान्ता) रगत बगेमा ।
४) अलश्य वा बेचैन हुनु ।
५) श्वास प्रश्वासमा तिव्रता÷कठिनाइ देखिनु ।
यी माथि उल्लेखित समस्याका साथसाथै चिकित्सकले शारीरिक परीक्षण गर्दा पेट÷फोक्सोमा पानी जमेको, कलेजोको आकार बढेको (सामान्त्न्दा २ से.मि. बढी) र रगतमा प्लेटेलेट्सको सङ्ख्यामा तीव्र गिरावट आएको पनि देखिने छन् ।
यदि कसैलाई डेङ्गु पुष्टि भइसकेको अवस्थामा माथि उल्लेखित लक्षणहरू
(समस्या) देखिए तुरुन्त चिकित्सकलाई भेटी आवश्यक उपचार गर्न जरुरी हुनेछ ।
–(डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।)
–स्वास्थ्यखबर डटकम
Leave a Reply